व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी पोर्चुगल गठन

वाईवि तमू 
लिस्वन ,२९ सेप्टेम्वर २०१७  ।
गैर आवासीय नेपालि संघ,पोर्चुगलका सस्थापक अध्यक्ष तथा व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी,पोर्चुगलको गठन भएको छ ।
ग्लोवल नेप्लिज चेम्वर अफ कमर्स पोर्चुगल (जीएनसीसी,पोर्चुगल)को अवधारणा अनुसार पोर्चुगलमा रहेका नेपाली डायस्पोरा व्यावसायीहरुलाई एकत्रित गर्दै उनीहरुको व्यावसायिकता विस्तार तथा नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि व्यावसायिकता सम्भावाना,क्षेत्र,लगानी,तथा लगानीको सुरक्षा आदि जस्ता प्राविधिक ज्ञानका प्रदान गर्नुका साथै तालिम तथा व्यवसायिक अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ् उक्त ग्लोवल नेप्लिज चेम्वर अफ कमर्सको स्थापाना गरिएको कुरा नव नियुक्त अध्यक्ष पूर्ण हमालले जानकारी दिनु भयो ।
पोर्चुगलमा बिभिन्न पेशा र व्यवसाय गरेर बसेका नपाली व्यावसायीहरुलाई एउटै छाता मुनि गोलवन्द गर्दै व्यवसायिक विस्तार संगै क्षमता अभिबृदी,लगानी बिस्तार,सुरक्षाका साथै नेपाल तथा पोर्चुगल बीचको पुरानो सिमित व्यापारिक सम्बन्धलाई अझ बृहत्तर गर्दै नेपाल तथा पोर्चुगल दुई देस बीचको दौत्य सम्बन्धमा टेवा पर्याउने उद्देश्य स्वरुप उक्त ग्लोवल नेप्लिज चेम्वर अफ कमर्सको अवधारणा सहित स्थापना गरिएको हो ।
पोर्चुगलको राजधानी लिस्वनमा भएको व्यापारिक,सामाजिक अभियन्ता,पत्रकार,युवा व्यावसायीहरुको एक भेलाले पुराना व्यावसायी पुर्ण हमालको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
आगामी एक महिना भित्र पूर्ण भेला मार्फत उक्त संगठनलाई पुर्णता दिने गरि भेलाले तदर्थ समितिका अध्यक्ष पुर्ण हमाललाई जिम्मा दिएको छ ।
कसरि आयो यो अवधारणा ?केहो ग्लोवल चेम्वर अफ कमर्स ( जिएनसीसी,पोर्चुगल)?
पोर्चुगलमा करिव दुई दशक भन्दा बढी बसेर व्यवसाय गर्दै आएका पोर्चुगलको नपाली कम्युनिटिका अग्रज पूर्ण हमाल,रमेश कुमार गुरुङ,मकर हमाल,नरेन्द्र हमाल,टाँक सापकोटा,लक्षिमी सापकोटा आदि नपाली व्यावसायीहरुको शिप,अनुभव तथा लगानीको विस्तारक साथै पोर्चुगलमा पछिलो पटक नयाँ युवा व्यावसायीहरुको आगमन र लगानीका क्षेत्र सम्बन्धमा देखिएका अन्यौलाता संगै लगानीको सुरक्षा निकै ठुलो चुनौतीका रुपमा देखिएको र कृषि व्यावसायीमा पनि देखिएका अन्यौलता संगै तत्सम्बन्धी व्यवसायी र श्रमिक हरु बीचको सम्बन्धमा देखिएका अन्यौलता,पोर्चुगलमा नयाँ व्यावसायिकताको अध्ययन,अनुसन्धान संगै युवाहरुलाई व्यावसायिकता तर्फा उन्मुख गराउन उत्प्रेणा गर्नुका साथै नेपाली वस्तुहरु पोर्चुगल लगायतका अन्य युरोपिएन मुलुकहरुमा आयात गर्ने तथा पोर्चुगल लगाएतका अन्य मुलुकका वस्तुहरु नेपाल निर्यात गर्ने,दुई देस बीचको व्यापारिक सम्बन्ध सुदृढ विना कुटनितीक सम्वन्ध पनि सवल र स्थापित नहुने भएकोले यो ग्लोवल नेप्लीज चेम्वर अफ कमर्सको अवधारणा अगाडी सारिएको कुरा उक्त भेलामा जानकारी दिइएको थियो ।
किन राखीयो यो नाम?
पोर्चुगलमा मात्र सीमीत नरहि संसारभरी रहेका नेपाली व्यावसायी डायसपोराहरुलाई खुल्ला लगानीका लागि र उनिहरुको पुजिलाई समेत स्थान दिने उद्देश्य अनुरुप सो नामाकरण गरिएको कुरा तदर्थ समितिका अध्यक्ष पूर्ण हमालले प्रष्ट पार्नु भएको थियो ।
आगामी एक महिना भित्र तदर्थ समितिलाई पूर्णता दिने गरि कार्य अगाडी बढाईने र उक्त कार्य समितिको पूर्णता पश्चात संगठनको कार्य विभाजन गरि बिधान निर्माण,दर्ता प्रक्रिया,गर्ने जनाइएको छ ।
पोर्चुगल सरकारका अर्थ मन्त्रि,गृह मन्त्रि, पोर्चुगल चेम्वर अफ कमर्स,परराष्ट्र मन्त्रि लगाएतका उच्च अधिकारी सहित नेपलका सरकारी उच्च अधिकारीहरु विच एक बृहत भेला आयोजना गरि उक्त संगठनबको उद्देश्यका वारेमा जानकारी दिईने गरि कार्य अगाडि बढेको कुरा उक्त भेलामा जानकारी दिइएको थियो ।
आर्थिक समृद्दी विना समाज परिवर्तनको नारा फितलो हुने कुरालाई पोर्चुगलका पुराना व्यावसायीहरुले चालेको यो बति उत्तम कार्यको सुरुवातको लागि धन्यवाद सवैलाई साथै पूर्ण सफलताको कामना।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*