एनआरएन हिजो-आज र भोली : अर्जुन कुमार श्रेष्ठ

*अर्जुन कुमार श्रेष्ठ 

भनिन्छ सफलताको लक्ष्य पहिलो पाइलाबाट सुरु हुन्छ । अहिले गैर आवासीय नेपाली संघको आठौं महासम्मेलन हुँदै गर्दा हाम्रा अग्रजहरुले सारेका पहिलो पाइलालाई विर्सनु हुँदैन । हिजोको बेला रसियामा बुनेको मायाप्रिती बेलायतमा मनाएको मधुमासबाट सन् २००३ को अक्टोबरमा जन्माएको हो ‘एनआरएन’ । हामी जोडियौं ती भावनासँग जुन भावनालाई अग्रजहरुले आत्मसाथ गर्दै यहाँसम्म ल्याइदिए । सुरु सम्मेलनमा केवल २८ देशका २८० प्रतिनिधि सामेल हुन पुगेको गैर आवासीय नेपाली संघको आज ७८ देशभित्र आफ्ना संजाल विस्तार हुनुपुग्नु सानो कुरा होइन । म स्वयंपनि संघको विभिन्न पदमा बस्दै हाल एक कार्यकाल सचिवमा बिताइसकेको छु ।

कमिटीमा बसेर हेर्दा यसपटक बिगतमा भन्दा धेरै पक्कै पनि १ हजार आठसय भन्दा बढी पन्जिकृत सदस्यहरुको सहभागी हुने निश्चित देखिन्छ । बर्तमान एनआरएनको अवस्थाको कुरा गर्दा हामी गर्ब गर्दछौं । हामी स्मरण गर्दछौं पुराना दिनलाई । हामी उठ्ने प्रयत्न गर्दछौं बिगतमा लडेका घटनाहरुबाट । हामी क्षमा माग्दछौं र क्षमासिल छौं काम गराई र भएका कमि र कमजोरीबाट । तर फेरि हामी काम गर्दछौं देश र समाजका लागि हाम्रा लागि, सम्पूर्ण नेपालीका लागि । यसबेला हामीलाई उर्जा चाहिएको छ । साथ चाहिएको छ । भावना चाहिएको छ । बिगतमा जस्तै । मान्छे आफैंमा प्राणी हो । कमजोरीहरु मान्छेका गुण हुन् । हामी कमजोरीबाट सिक्ने हो । दिन हुन्थेन भने रात हुँदैनथ्यो । कालो नभएको भए गोरोको मुल्य हुँदैनथ्यो । सुख दुःख, दिन रात र कालो गोरो यी जिवनका पाटा हुन् बस यत्ति बुझे पुग्छ पाइला लम्काउनलाई । त्यसैले त कमजोरी हुन्छ र नै सुधार्ने हो । राम्रो भएर नै नराम्रो हुने हो । यी सबै भावहरुमा कतै न कतै हाम्रा भावनाहरु माँजिएरनै संस्था यहाँसम्म आउन सकेको हो । आज उठाउनु पर्ने विषय हो संस्थाको संरचनाको । बिगतको उपलव्धि भनेको विभिन्न टाश्कफोर्सहरु बन्नु हो । विभिन्न समितिहरु बन्नु हो । विभिन्न देशबाट अन्र्तराष्ट्रिय समन्वय परिषदबाट सदस्य आउनु प्रक्रिया बन्नु हो ।

यो हिजो अग्रजहरुले बसालेको एउटा संरचना थियो । वर्तमान अवस्थामा यो संरचनामा हामी कति अभ्यस्त भयौं आफ्ना राष्ट्रिय समन्वय परिषदभित्र कति सुधा¥यौं कति हामी सुध्रियौं अवको पाटो हो । हामीबिच जकडिएको यी सानासाना समस्याहरुले ठूलो अर्थ राख्दछ । म आफू अबको कार्यकालको महासचिवको उम्मेदवार भएको नाताले संस्थामा यी झिनामसिना लाग्ने तर महत्वपूर्ण समस्यालाई अबका दिनमा निराकरण गर्न सक्छु र भोलीका निम्ति एनआरएन सबैमाझ पु¥याउनका लागि दृढविश्वास छ । जस्तो कि हामीले राष्ट्रिय समन्वय परिषदका कतिपय कार्यक्रमहरु केन्द्रसँग समन्वयगरी एकरुपता ल्याउन जरुरी छ । नेतृत्व विकासका लागि हामीले केन्द्रसँग छलफलगरी राष्ट्रिय समन्वय परिषदमा लागु गर्नुपर्ने हुन्छ । मुख्यकुरा के हो भने समय व्यवस्थापन महत्वपूर्ण हो हामीले त्यता ध्यान दिन जरुरी छ । राष्ट्रिय समन्वय परिषदका देशहरुमा हुने कतिपय कार्यक्रमहरुमा समय व्यवस्थापन भएको हुँदैन कार्यक्रम जहिलेपनि दुइतीन घण्टा ढिलो हुँदा त्यहाँ सामेल भएका करिव दुइतीनसय मानिसका समय नष्ट हुन्छ ।

मानौं एकजनाको दुइघण्टाका दरले तीनसयजनामा ६ सय घण्टा हाम्रो समय नष्ट हुन्छ पहिलो कुरा समयलाई ख्याल राख्न जरुरी छ । दोश्रो केन्द्रले एउटा बरियताक्रम लागु गर्नुपर्ने हुन्छ । राष्ट्रिय समन्वयलाई एउटा सर्कुलर गर्नुपर्ने हुन्छ वरियताको आधारहरु विधान र नियमावली बनेको हरेक संरचना भएका संस्थाहरुमा यो लागु छ हामीले पनि लागुगर्नुपर्ने हुन्छ । ताकि बरियता बिबादहरुमा राष्ट्रिय समन्वय परिषदहरु नअल्झिउन कार्यक्रममा । हरेक कार्यक्रमहरु हामीले चुस्त, बनाउनु पर्ने हुन्छ । पट्यारलाग्दो र झिँजो कार्यक्रममा अबका पुस्ता उपस्थित हुँदैनन । उनीहरु लामालामा भाषणहरु सुन्न चाहँदैनन् । उदेश्य र कार्य के हुन् स्पष्ट भए पुग्छ ।

गैर आवासीय नेपाली संघले घोषणा गरेका योजनाहरुमा नेतृत्व तथा पदाधिकारी एवं विदेशमा रहेका हामी स्वयं ६० लाख नेपाली भन्छौं सबै गैर आवासीय नेपाली हौं ले गर्बका साथ संस्थाले थालेको कामको कार्यान्वयन, कार्यान्वयन गरिसकेपछि त्यसलाई अनुगमन गर्ने प्रयत्न गर्नुपर्दछ । अबको हाम्रो दायित्व संघको नेतृत्व दोश्रो पुस्तालाई हस्तान्तरण गर्दैगर्दा यो काम महासचिवपुस्ताबाट हुनुपर्ने देखिन्छ । किनकी अबका दशवर्षमा अहिलेका सक्रिय मान्छेहरु संस्थामा हुँदैनन । त्यसैले अब हामीले तीस चालिस उमेरका नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तरिकावाट संस्थामा ल्याउने आकर्षण पैदा गर्नुपर्ने हुन्छ । एनआरएनका प्रोग्राम समयमै सुरु हुन्न किन जाने भन्ने मानसिकतालाई हटाएर सबैलाई पहुँच पु¥याउने अभियान प्रत्येक राष्ट्रिय समन्वय परिषदबाट सुरु गर्नुपर्ने हुन्छ । यो कुरा भोलीका एनआरएनका लागि आजै सोच्नुपर्ने बेला हो । र म स्वयं पनि महासचिवको दावेदार हुँदै गर्दा मेरो पहिलो प्राथमिकतानै नयाँ पुस्तालाई आर्कषण गर्नु हो । संस्थाको आन्तरीक संरचनामा फेरबदल गर्दै युवापुस्तालाई ल्याउने वातावरण तय गर्नु हो । हामीले ठूला कुरा गरेर सानाकुराको हेलचेक्रयाई गर्नु हुँदैन । हामीले सानाकुरा गरेर ठूलाचिजहरु परिवर्तन कार्य गर्न सक्नुपर्ने हुन्छ ।

* लेखक एनआरएनका केन्द्रीय सचिव हाल महासचिवका पदका उम्मेदवार हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*