यूरोप सह-संयोजक पदमा बर्तमान आईसीसी सदस्य नेत्र मगरको उम्मेद्ववारी

ईयुनेपाल प्रतिनिधि

लुभेन बेल्जियम , सेप्टेम्बर २७ ।

 बिगत १७ वर्ष देखि बेल्जियमलाई कर्मक्षेत्र  बनेका सफल ब्यबशायी  एबम बर्तमान गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सदस्य नेत्र बहादुर मगरले आगामी महिना काठमाडौंमा हुन गईरहेको आठौअन्तराष्ट्रीय सम्मेलनमा यूरोप सह-संयोजक पदमा उम्मेद्दवारी घोषणा गरेका छन् ।

ताप्टिंग -२ फतान्जे सोलूखम्बूमा  सन् १९७६मा जन्मिएका मगर सन्  २००८ मा एनआरएनए बेल्जियममा निर्बाचित सचिबको  रूपमा सफलतापूर्बक

काम गरिसकेको अनुभब समेत छ ।

त्रिभुबन बिश्वबिध्यालयबाट एम एड गरेका मगर यूरोपबासी नेपाली समुदायमाझ  बौद्धिक र ईमान्दार व्यक्तिको रूपमा परिचित छन् ।

“एनआरएनए अभियानलाई हातमा हात र साथमा साथ दिन मेरो उमेद्ववारी आएको हो” यूरोप सह-संयोजकका उम्मेदवार  नेत्र मगर ईयुनेपाल प्रतिनिधि संगअगाडी भन्छन – “हरेक कोणबाट नेपाल र प्रबासी  नेपाली बीच नङ्ग-मासुको बिध्यमान नातालाई उत्पादन-मुलक र अपनत्व बोध गराउन सकिरहे हामीले धेरै काम गर्न सक्छौ । यो अभियान सबैको भएकोले साझा समाबेशी हुनुपर्दछ। अन्तराष्ट्रीय समन्वय परिषदले प्रारम्भ गरेका कार्यहरू एनआरएन भवन , सामुहिक लगानी ,लाप्राक बस्ती – एक हजार नमुना घर , भिजन २०-२० लगायतका बाकी  कार्यहरूलाई  ब्यबस्थित र पारदर्शी ढंगले पूरा गर्न अथक प्रयत्न राख्नेछु “

प्रेस बिज्ञप्ती जस्ताको तस्तै तल –

आदरणिय गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदका अग्रजहरू, सहयात्री मित्रहरू,यूरोपबासी सम्पुर्ण पन्जिकृत सदस्यज्यूहरू, यही अक्टोबर १४,१५,१६ र १७ काठमाडौमा हुन गईरहेको अन्तराष्ट्रिय समन्वय परिषदकोआठौं महाधिबेशनमा संस्थाको मुल मर्म”नेपालीद्वारा नेपालीलाई” भन्ने नारालाई आत्मासाथ गर्दै राष्ट्रिय समन्वय परिषद बेल्जियमको बिभिन्न तहमा काम गर्दै २०१५- १७ को लागि बेल्जियमबाट केन्द्रीय सदस्य आईसीसीमा रहेर काम गरिसकेको छु।

संस्थालाई अझ सामाजिकरण ,पन्जिकृत सदस्यहरूको उल्लेख्य सहभागिता,नेपाल र नेपाली प्रतिको समन्वयकारी  भूमिका, यूरोपबासी नेपालीहरूको एकता र सम्बृद्द नेपाल निर्माणमा युरोपमा उत्पादित दक्ष जनशक्तिलाई स्वदेशप्रति उत्साहित बनाउनको लागि बिशेष पहललाई प्राथामिकतादिने प्रतिबद्दताका साथ संस्थाकाो सहयोगी भूमिकाको लागि र सामाजिक निरन्तरताको लागी आगामी कार्यकाल २०१७-१९ को यूरोप सहसंयोजक(DRC)मा उम्मेदवार घोषणा गरेको छु र यहॉहरूको सहयोग सल्लाह र सद्भभाव नै मेरो सफलता हो।

जय एनआर एन !!!
नेत्र बहादुर मगर 
वर्तमान आसिसी सदस्य बेल्जियम एबम
यूरोप सहसंयोजक उम्मेदवार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*