एनआरएन बेल्जियमको पहिलो बैठकबाट पाँच सदस्य मनोनित

ईयुनेपाल प्रतिनिधि 
लुभेन बेल्जियम, सेप्टेम्बर २२ ।

गत ३ सेप्टेम्वरमा निर्वाचन भै २०१७ —१९ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक गत सोमबार १८ सेप्टेम्वरमा  लुभेनमा सम्पन्न भयो ।
अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको बैठकले समस्त निर्वाचन प्रक्रियामा सहभागी बेल्जियमबासी आम एनआरएनएहरुमा धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सोही बैठकले सर्वसम्मत रुपमा सुभाष जोशी, दीपेन्द्र केसी-प्रबक्ता ,सोनाम शेर्पा , बिनोद न्यौपाने, सीपी भट्ट र झलक केसीलाई कार्यसमितिको सदस्यको रुपमा मनोनित गरेको छ ।
बैठकका निर्णय बारे  वितरित प्रेस नोटमा  महासचिव आडमाया लामाले सो कुरा उल्लेख गरेकी छिन  ।  एनआरएन बेल्जियमको  कार्यालय लुभेनमा राख्ने, बैठकहरु विकेन्द्रीत रुपमा बेल्जियमका विभिन्न स्थानहरुमा आयोजन गर्ने तथा आगामी  अक्टोबर १४ देखि काठमाडौंमा हुने बिश्व सम्मेलनमा सहभागी हुन इच्छुक पँजीकृत सदस्यहरुले यही सेप्टेम्वर ३० भित्र एनआरएन बेल्जियमका पदाधिकारीहरुलाई सम्पर्क गरी दर्ता गर्नुहुन समेत अनुरोध गरिएको कुरा महासचिब लामाले ईयुनेपाललाई जानकारी दिए  ।

बेल्जियम एनआर एन विश्वमै एक फरक र उदाहरणीय राष्ट्रीय समन्वय परिषदको रूपमा स्थापित गर्न, सबैलाई अपनत्व गराउन बेल्जियममा रहेका सबै जातिय सस्थाहरुबाट कार्यसमितिमा पदेन सदस्य राख्ने निर्णय अधिबेशनबाट पारित भैसकेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*