यूराेनेपाल स्पाेर्टश एशाेसियसन बेल्जियमकाे खेलकुद प्रतियाेगिता सम्पन्न

ईयुनेपाल प्रतिनिधि 

हेभर्ली बेल्जियम ,सेप्टेम्बर २१ ।

 

यूराे नेपाल स्पाेर्टश एशाेसियसन वेल्जियमले गएकाे वर्ष झै यस वर्ष पनि १७ सेप्टेम्वर २०१७ मा हेभरली स्थित लुभेन स्पाेर्टकाेटमा + ३० रनिङ्ग शिल्ड फुटवल अायाेजना गर्नुका साथै थप यू १५ लिग फुटवल र वाल दाैड प्रतियाेगिता भव्यताकाे साथ सम्पन्न गरेकाे छ ।

यूराे नेपाल स्पाेर्टश एशाेसियसनका अध्यक्ष  किसन केसीकाे अध्यक्षतामा सम्पन्न उक्त प्रतियाेगितामा एशाेसियसनका महासचिव मिन थापाले कार्यक्रम संचालन  गरेका थिए   । साे क्रममा एन.अार.एन.ए.वेल्जियमका अध्यक्ष लाेक दाहाल ,निवर्तमान अध्यक्ष गंगाधर गाैतम, अाइ.सी.सी सदस्य पदम गुरूङ  , एशाेसियसनका सल्लाहकार वालेन्द्र गुरूङ् , विभिन्न संघ संस्थाका पदाधिकारी गरी ३०० काे हाराहारीमा दर्शकहरूकाे उपस्थिती थियाे ।

 

वुध्द वस्नेतको  संयाेजक्त्वतामा खेलाइएकाे उक्त प्रतियाेगितामा +३० फुटवल प्रतियाेगिता , यू १५ फुटवल प्रतियाेगिता र यू ९ वाल दाैड गरी ३ वटा विधाहरूमा खेल संचालन भएकाे थियाे ।

६ वटा फुटवल टिमले भाग लिएकाे +३० फुटवल प्रतियाेगिताकाे फाइनलमा शुभाष थापाकाे उत्कृष्ट २ गाेल र निरज श्रेष्टकाे १ गाेलकाे मद्दतले तिन पत्ति स्पाेर्टस लुभेन- किरात एन्त्राेपन विरूद्द ३-१ काे नतिजा निकाल्न सफल भएकाे थियाे ।जवाफमा किरात एन्त्राेपनका तर्फवाट युवराज कटवालले १ गाेल फर्काउन सफल हुनु भयाे । यसै गरी यू १५ लिग फुटवल तर्फ लग्जम्वर्ग टिमले उत्कृष्ट प्रदर्शन गरी प्वार्इन्टकाे अाधारमा विजयी हुनु भयाे । यू ९ वाल दाैडमा गाेरख घले , समन भण्डारी र कृष गाैतम क्रमश: प्रथम द्दितीय र तृतीय हुन भएकाे छ । विजयी खेलाडीहरूलार्इ एन अार एन ए वेल्जियमका निवर्तमान अध्यक्ष गंगाधर गौतम , एशाेसियसनका अध्यक्ष एंव अन्य विशिष्ठ व्यक्तिहरूवाट सम्मानित गरीएकाे थियाे ।

विशेष गरी स्वास्थ्य नै अमूल्य धन हाे भन्ने मुल नाराकाे साथ खेलाइएकाे उक्त प्रतियाेगितामा वेल्जियम लगायत लग्जम्वर्गकाे प्रतियाेगीहरूले समेत भाग लिएकाे कुरा संयाेजकले जानकारी गराए। साे प्रतियाेगिताका लागि वेल्जियम स्थित संघ संस्थाले अार्थिक सहयाेग लगायत अन्य सहयाेग गरेकाे , साेही क्रममा एन.अार.एन.ए वेल्जियमवाट शिल्ड , ट्रफि ,मेडल र अध्यक्ष लाेक दाहालबाट प्रथम नगद पुरस्कार ७०० यूराे सहयाेग गरेका थिए  ।प्रतियाेगितालार्इ सफल वनाउनका लागि अार्थिक सहयाेग जुटाउन दिन रात खटेर हिडने एन अार एन एका नवनिर्वाचित महासचिव आंगमाया लामा र समाज सेवामा सर्मपित रेना वस्नेतकाे प्रतियोगिता सफल बनाउन ठूलाे याेगदान रहेकाे थियो  ।

 

प्रतियाेगितामा उपस्थित अतिथी ,अार्थिक सहयाेग गर्ने सम्पूर्ण सहयाेगीहरू , स्वंय सेवकहरू , रेफ्रिहरू , खेलप्रेमी दर्शकहरू , लगायत अन्य सहकर्मीहरूलार्इ एशाेसियसनका अध्यक्ष किसन के.सीले  अन्त्यमा धन्यवाद दिदै भविश्यमा अवस्य पनि दाेहाेराे सहयाेगकाे अादान प्रदान गर्ने बताउदै कार्यक्रमकाे समापन गरेका थिए  ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*