“म र मेरो भन्दा पनि हामी र हाम्रो भन्ने भाबना बोकेर हिड्नु पर्छ “- यूरोप कांग्रेस सभापति गुरुङ

ईयुनेपाल प्रतिनिधि

बर्लिन जर्मनी ,सेप्टेम्बर २० ।

 

 

जनसम्पर्क समिति यूरोपका सभापति दिल बहादुर गुरुङले  यूरोप र संसारभरीका प्रजातान्त्रिक आस्था राखेर निर्बाचित भएका एनआरएन  राष्ट्रीय र अन्तराष्ट्रीय समन्वय परिषद पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई ब्यक्त गरेका छन् ।

 

 

एनआरएन जर्मनीका सस्थापक अध्यक्ष , आईसीसी सदस्य र हालका सरक्षक समेत रहेका सभापति गुरुङले “एनआरएन कसैको पेवा नभएको कारण सबै नेपालीहरूको साझा सस्ठाको रूपमा स्थापित गर्दै अगाडी बढन बहु -भाषिक, बहु -जातीय र बहु -साँस्कृतिक  समाबेशी बनाउदै महिला तथा नया पुस्ताको लागि ठोस कार्यक्रमका साथ्  आगामी एनआरएन बनाउन हामी सबैको दायित्व हो ” अगाडी भन्छन ।

 

 

नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष केजिन राईसंग भाईबर सेवामा कुरा गर्दै सभापति गुरुङ भन्छन  “विदेशको भूमिमा रहेरपनि महासंघ यूरोप शाखा लगायत यूरोपमा कार्यरत पत्रकारहरूले नेपाली समुदायको लागि दिएको योगदान उल्लेखनीय रहेको र अझै डटेर सत्यताको पक्षपाति बनेर काम गर्दै अघि बढन प्रेरणा र शुभकामना छ  ।”

“विश्वभर र बिषेस गरी यूरोप एनआरएनको निर्बाचनको क्रममा सामाजिक संजालहरूमा  जनसम्पर्क समितीहरूबाट देखिएका तिक्तता र टिप्पणीहरूले एकले अर्कालाई कारबाही र निषेध गर्ने अभिव्यक्तीहरू  छरपस्ट हुनु आफैमा दुखद हो त्यस्ता प्रक्रियाहरूलाई  जनसम्पर्क समिति यूरोप  खारेज गर्दछ ।” सभापति गुरुङले अगाडी भने ।

 

सभापति गुरुङ भन्छन “यी  सबै तिक्तताहरू – आन्तरिक सवालहरू  साँमाजिक संजालहरूमा आउनु दुखद हो  ।यो सिंगो पार्टी र संगठनको  हित बिपरित रहेको हुदा यस्ता खाले मिडियाबाजी तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सशक्त निर्देश गरिन्छ । सस्थामा अन्तरिक छलफल -बहस नगरी सिधै एकतर्फी रूपमा एकले -अर्कालाई बदनाम गर्ने खालकाअभिव्यक्तिहरू आएका छन  त्यस्ता विचारहरू तत्काल बन्द गर्न अनुरोध पनि  गर्दछु ।”

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*