एनआरएन केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठको महासचिबमा उम्मेद्ववारी घोषणा

ईयुनेपाल प्रतिनिधि 
लुभेन बेल्जियम , सेप्टेम्बर १८ ।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठले आगामी महिना काठमाडौंमा १४–१७ अक्टूबर मा हुन गईरहेको   आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि महासचिब पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

बेल्जीयमको लुभेन  शहरमा आज आयोजित राष्ट्रीय समन्वय परिषदको एक कार्यक्रममा महासचिब पदका लागि  घोषणा गर्दै सबै संग सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

पर्वतको फलेवास निवासी श्रेष्ठ  सन् २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् । उनी आईसीसी सदस्य, यूरोप संयोजक र हाल आईसीसी सचिव छन् ।

 लामो समय देखि बेल्जियमलाई आफ्नो कर्मथलो बनाई विभिन्न ब्यापार व्यवसायमा आबद्ध उनि संसारभरीका गैर आबासीय नेपाली बीच उच्च छबी बनाएका छन् ।
आज बितरित प्रेस विज्ञप्ती जस्ताको तस्तै :

 

प्रेस विज्ञप्ती
गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ ।
विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु ।
उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ । नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।
गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु, स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि ।
एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु । संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।
                                                              अर्जुनकुमार श्रेष्ठ – महासचिव पदको उम्मेदवार
हाल: सचिव गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति: १८ सेप्टेम्बर, २०१७
Type a message…

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*