गैर आबासीय नेपाली संघ बेल्जियमको बुझ बुझारथ कार्यक्रम सम्पन्न: कार्यकाल नेपाली समाज बेल्जियम एक ढिक्का बनाउन सक्षम – निबर्तमान अध्यक्ष गौतम

ईयु नेपाल प्रतिनिधि

लुभेन बेल्जियम  ,सेप्टेम्बेर १८ ।

गैर आबासीय नेपाली संघ बेल्जियमको नया निर्बाचित कार्यसामितिलाई  निबर्तमान कार्यसमितिको तर्फबाट बुझ- बुझारथ कार्यक्रम आज सम्पन्न भएको छ।

 

 

 

कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र  यूरोपियन युनियनका लागि महामहिम राजदुत लोक बहादुर थापाले  विश्वभरी नै बेल्जियमका नेपाली प्रति किन नकारात्मक संदेश गईरहेको प्रति चनाखो हुदै सबैलाई मिलेर ,एक ढिक्का बनेर काम गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष गंगाधर गौतमले आफ्नो कार्यकाल सबैलाई काखा र पाखा नगरी बेल्जियमको नेपाली समाजलाई एक ढिक्का बनाउन सफल रहेको बताउदै समाजलाई बिखन्डन गराउन चाहानेलाई चुनौती दिदै सबैलाई सचेत रहन आग्रह गरे  । उनले कही नेतृत्व व्यक्ति र सस्ठाको लोगो प्रयोग गरी  निर्बाचनमा पराजयको तुष पोखिरहेकोमा सहानूभूति ब्यक्त गरे ।

नवनिर्बाचित अध्यक्ष लोक दाहालले सबैलाई धन्यबाद दिदै आगामी दिनमा सहयोयोगको अपेक्षा राखेको बताए । त्यसैगरी महासचिब  आङ्गमाया लामाले शुभेच्छुक तथा मतदान गर्ने सबैलाई धन्यबाद सहित कृतज्ञं रहेको बताए ।

 

कार्यक्रममा गैर आबासीय नेपाली संघ केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ, युरोप सहसयोजक प्रेम गुरुङ , महिला सहसयोजिका  रजनी प्रधान , आई सीसी बिधान समिति सदस्य युबराज गुरुङ ,निर्बाचन सयोजक एबम आई सीसी सदस्य जानकी गुरुङ , सस्थापक अध्यक्ष रबिन्द्रमान प्रधान , नवनिर्बाचित आई सी सी सदस्य पदम गुरुङ , अध्यक्ष का प्रत्यासी सुबाश जोशी लागायतले मन्तब्य पेश गरेका थिए ।

 

कार्यक्रममा निबर्तमान कोषाध्यक्ष एबम नव-निर्बाचित महासचिब  अंगमाया लामा शेर्पाले २७हजार २ सय असी यूरो  ९० सेन्ट नवनिर्बाचित कोषाध्यक्ष  दर्शन गुरुङलाई हस्तान्तरण गरेका थिए।

 

 

 

कार्यक्रम निबर्तमान सचिब गोबिन्द अधिकारीको  संचालन र निबर्तमान अध्यक्ष  गंगाधर गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

 

 

 

 

सबै तस्बिरहरू : शेर  छन्त्याल । 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*