जनसम्पर्क समिति बेल्जियम बिबाद- अबिलम्ब बृहत भेला आब्हान गर्नु पर्दछ: महासमिति सदस्य

ईयुनेपाल प्रतिनिधि 

लुभेन बेल्जियम ,सेप्टेम्बर ९ ।

जनसम्पर्क समिति बेल्जियमका सस्थापक कोषाध्यक्ष , बाग्लुंग कांग्रेसका पूर्व सचिब तथा महासमिति सदस्य राम थापाले तत्काल बिबाद हल गर्न बृहत भेलाको  माग गरेका छन् ।

प्रेस बक्तब्य

गैर आबासीय नेपाली संघ बेल्जियमको हालै सम्पन्न निर्बाचनको मतपरिणाम पश्चात नेपाली जनसम्पर्क समिति बेल्जियम भित्र देखिएको आन्तरिक विवादले गम्भीर ध्यानकर्षण भएको छ। निर्बाचनमा जाने समयमा होस् या निर्बाचनका पुर्बसंध्या र निर्बाचन क्रममा संस्था र संस्थाका जिम्मेवार व्यक्तिबाट भएका कमि कमजोरीहरुको समिक्षा संस्थाको औपचारिक बैठकबाट गर्ने ठाउ हुदाहुदै संस्थाको बिधि र बिधान बिपरित जुन खाले अभिव्यक्तिहरु संस्थाका जिम्मेवार व्यक्तिहरुबाट सामाजिक संजालमा आएका छन् यसले समग्र संस्थालाइ हित गर्दैन भन्ने मेरो ठम्याई रहेको छ।
जनसम्पर्क समिति बेल्जियमले अबिलम्ब बैठक /आम भेला आब्हान गरि यस बिषयमा गम्भीर समिक्षा गरि निचोडमा पुर्याउनु हुन् सम्बन्धित सबैमा बिनम्र अनुरोध गर्दछु। साथै नेपाली जनसम्पर्क समिति बेल्जियम भित्र अहिले देखिएको संकटको यो घडीमा सबै लाई संयमित रहन आग्रह गर्दै संस्थालाइ एक ढिक्का बनाउनको लागि पहल गर्नुहुन यस संस्थाका पुर्ब अध्यक्षहरु,अग्रजहरु,सल्लाहकार,संरक्षकज्यु लगायत बर्तमान कार्यसमितिका साथीहरू सहित जनसम्पर्क समिति बेल्जियमका सदस्यहरु सबैमा हार्दिक अपिल गर्दछु।
राम थापा
महासमिति सदस्य
नेपाली कांग्रेस बेल्जियम तथा सदस्य जनसम्पर्क समिती बेल्जियम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*