बेल्जियम जसस सभापती सापकोटाको अभिव्यक्ति बिधि -बिधान बिपरित : महामन्त्रीद्वय

ईयु नेपाल प्रतिनिधि

काजाब्लांका क्यासेल्लो बेल्जियम , सेप्टेम्बर ६ ।

 

गैर आबासीय नेपाली संघ बेल्जियमको निर्बाचन परिणाम पश्चात आक्रोशित जनसम्पर्क समिति बेल्जियमका सभापति सिता सापकोटाको निर्णय बिधि – बिधान सम्मत नभएको र केटाकेटीपना भएको ; अहमता र दम्भ ले भरिएको आरोप लागेको छ ।

जनसम्पर्क समिति बेल्जियमका  महामन्त्रीद्वय  सुबास गुरुङ र दिनेश भण्डारीले आज बक्तब्य प्रकाशित गर्दै सभापती सापकोटाको रबैया प्रति बिरोध जनाउदै  यूरोप कान्ग्रेस सभापति दिल गुरुङ्ग र पार्टी केन्द्रीय सभापति एबम नेपाल सरकारका प्रधानमंत्री शेर बहादुर देउबालाई बोधार्थ पठाएको छ ।

प्रेस विज्ञप्ती जस्ताको तस्तै :-
नेपाली जनसम्पर्क समिती बेल्जियमको प्रेश बिज्ञप्ती आदरणिय बेल्जियमबासी सम्पुर्ण नेपाली बुवा-मुवा,दाजुभाइ एंबम दिदीबहिनीहरूमा जय नेपाल।
०३ सेप्टेम्बर २०१७ का दिनमा सम्पन्न एन आर एन ए बेल्जियमको निर्बाचनमा हाम्रो लेकतान्त्रिक समाबेशी समुहलाइ मतदान गरी सहयोग गर्नु भएकोमा सम्पुर्ण बेल्जियमबासी नेपाली मतदाताहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ।
सम्पन्न निर्वाचनमा बिजयी हुने सम्पुर्ण बिजेताहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको
शुभकामना ब्यक्त गर्दछौ साथै हाम्रो संगठन र प्रबासी नेपाली मंच बेल्जियमसग भएको गठ्बन्धनका तर्फबाट संस्थाका निबर्तमान अध्यक्ष श्री सन्तोष जोशी ( सुबास ) नेतृत्व सहितको संयुक्त प्यानलका केही उम्मेदबारहरु बिजय हुन नसक्दा हाम्रो संगठन लगायत हामीहरू अत्यन्तै दु:खी भएका छौ।
यसरी निर्बाचनमा होमिदा संस्थाले कहाँ र कसरी त्रुर्टी भयो र क-कसबाट अघिकतम प्रयास भयो वा भएन भन्ने बिषयमा बैठक बस्नु पर्ने थियो र छिटो भन्दा छिटो समितीले समिक्षा बैठक वा अाम भेला गर्नुपर्ने अबस्था यसरी समितिका सभापतीबाट एकांकी ढगंबाट आफ्नो सामाजिक संजालको फेसबुक मार्फत दिएको अभिब्यक्ति बिधि -बिधान र सिङ्गो सस्थाको मर्म बिपरितभएको ठहर गर्दै यस संस्थाका पुर्ब अध्यक्ष,नेपाली जन सम्पर्क समिति युरोपका महामन्त्री एंबम एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष श्री गंगाधर गौतम माथी बिना कारण बदनियत यबम पुर्ब्राग्रही ढङ्गले बिधि बिधान बिपरित सभापतिको ब्यक्तिगत धारणा आएको अवगत गराउदछौ।
समयमै यस समितिको तर्फबाट आम भेला आयोजना गरि निर्वाचनका समयमा भए गरेका सम्पुर्ण गतिविधिहरुको समिक्षा गर्ने र सस्था संचालन र प्रक्रियामा देखियका समस्याहरुको समाधानको लागि बिशेश अधिबेशन मार्फत पनि संगठनको बृहत् हितमा जान सकिने छ। हामी सकारात्मक सोच -बिचार र सबैको सम्मान हुने बाटोबाट अगाडि बढ्न र सिङ्गो नेपाली जन सम्पर्क समितिको हितमा लाग्ने पुर्ण प्रतिबद्धता गर्दछौ।
जय नेपाल ।
महामन्त्रीद्वय,
शुभाष गुरुगं -दिनेश प्रसाद भण्डारी
नेपाली जनसम्पर्क समिति, बेल्जियम ।
बोधार्थ : श्री दिल बहादुर गुरुंग नेपाली जन सम्पर्क समिति, युरोप ।
बोधार्थ : श्री शेर बहादुर देउबा सभापती, नेपाली कॉग्रेस पाटी सानेपा ललितपुर, नेपाल।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*