बेल्जियमबाट आईसिसिमा पदम गुरुङको उम्मेदवारी किन ?

ईयु नेपाल प्रतिनिधि
काजाब्लान्का केसेल्लो , अगष्ट २८ ।
गैर आवासीय नेपाली संघ बेल्जियमको आशन्न निर्बाचन  नजिकिदै गर्दा अन्तर्राष्ट्रिय समन्वय परिषदमा दूई जना सदस्य मध्य एक सदस्यमा बेल्जियमका पदम गुरुङले उम्मेदवारी दिएका छन् ।
बेल्जियमको नेपाली समुदायमा निक्कै चर्चित नाम हो पदम गुरुङ । गैर आवासीय नेपाली संघ,बेल्जियमका उपाध्यक्ष तथा तमू समाज बेल्जियमका समेत पुर्व सस्थापक उपाध्यक्ष तथा नेपाली सास्कृतिक फाटका धरोहर पदम गुरुङ विगत १५ बर्ष भन्दा बढि देखि बेल्जियमलाई कर्म थलो बनाउदै आएका छन् ।
सामाजिक अभियन्ता, मिलन सार,आत्मियता,नरम बोली,मिजशिला र मनको कोमल पदम गुरुङ बेल्जियम मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत पुकारिने नाम हो ।
राजनैतिक बिचार नेपाली कांग्रेस नजिक रहेपनि उनको राजनीतिक चरित्र भन्दा सामाजिक व्यक्तित्व निक्कै माथि रहेको कुरा बेल्जियमका अनगिन्ति नेपालीहरु बताउछन ।
आगामी २०१७ – २०१९ का लागि आईसिसि सदस्यमा तपाइको उम्मेदवारी किन ? भन्ने प्रश्नमा ” गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय स्तरमा बेल्जियमको भूमिका अझ प्रगाढ तथा दिगो बनाउनुका साथै बेल्जियमको भूमिका बिगतमा भन्दा अझ सशक्त रुपमा चित्रित गर्न”का लागि मेरो उम्मदेवारी दिएको कुरा बताए ।

बेल्जियमबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा दुई सदस्यका लागि तिन जनाको उम्मेदवारी दर्ता भएको छ । आई सी सी सदस्यका प्रतिष्पर्धीत्रयमा पदम गुरुङ,चित्र सुवेदी र सरु चापागाई रहेका छन् भने राष्ट्रिय समन्वय परिषद अध्यक्षमा लोक प्रसाद दाहाल तथा सन्तोष जोशी (सुबाष)ले उम्मेदवारी दर्ता गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*