गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्बाचनको लागि सहमती प्रयत्नको लागि अन्तिम बैठक , सुबाश जोशी समुह अनुपस्थित

 

ईयु नेपाल प्रतिनिधि
लुभेन बेल्जियम ,अगष्ट २९ ।
गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी २०१७-२०१९ कार्यकालका निम्ति हुने निर्बाचनका लागि  मैदानमा उत्रिएका दुई प्यानल बिच सहमतीको लागि अन्तिम प्रयत्नको लागि बैठक लुभेन स्थित निर्बाचन समितिको कार्यालयमा बसिरहेको छ  । तर  अध्यक्षका प्रत्यासी सुबाश जोशी समुहको उपस्थिति रहेको छैन ।
आगामी सेप्टेम्बर ३ तारिख  हुने चुनाबी प्रक्रिया पूर्व दुई समूह बिच सहमतिको अन्तिम प्रयत्नको निम्ति बार्ता समूह र निर्बाचन समितिले आज बैठक बोलाए पनि अध्यक्षका उम्मेदवार लोक दाहाल समूह उपस्थित रहेपनि सुबाश  जोशी समुह अनुपस्थित  रहेर बैठक बहिष्कार गरेको हो ।
आम सहमतिलाई तिरष्कार गर्नु दुखद रहेको बताउदै बर्तमान  गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले अझ पनि सहमति चाहने हो भने सहमति हुन्छ किनकि हाम्रो समाज  हामीले मिलाउने हो भने  ।
घन्टौ सम्म सुबाश जोशी समुहको उपस्थितिको प्रतिक्षा गर्दा पनि अनुपस्थित भएको कारण  निर्बाचन समितिकी प्रमुख तथा  गैर आबासीय नेपाली संघ बेल्जियम पूर्व अध्यक्ष एबम आई सीसी सदस्य जानकी गुरुङले भेलामा दु:ख ब्यक्त गर्दै  उपस्थिती नजनाएको र “लिंगरिंग “गरेकोमा रोष ब्यक्त गर्दै समाज प्रति जिम्मेवार रहन आग्रह गरिन  ।
भेलामा आईसीसी सदस्यका प्रत्यासी चित्र सुबेदीले “समाज भाडिने र बिग्रने अवस्था आउछ भने म समाजको हित बिपरित जान्न मेरै कारणले बाधा अडचन आउछ भने त्याग गर्न तयार छु ” भने ।
भेलामा आईसीसी सदस्य नेत्र मगरले  आम सहमति गरि  चुनाबी खर्च नेपालमा बाढी-पिडितलाई सहयोग गरौ ।  दम्भ त्यागेर  सबैलाई समाज नाबिगार्न आग्रह गरे भने  मगर समाजका कोषाध्यक्ष लोक रानाले  त्याग गरौ समाज नाबिगार्न आग्रह गरे ।
आजको भेलामा सुबाश जोशी प्रचार समिति सयोजक ईन्द्र क्षेत्री पकवानले  अब सहमति गर्न ढिलाई भई सकेकोले अब पछाडी फर्कन नमिल्ने बताए ।
  आजको भेला संगै चुनाबी  प्रक्रिया हुने निश्चित भएको छ भने  नेपालमा गएको बाढी -पहिरो र दैबी प्रकोपलाई चुनाब नगरी चुनाबी खर्च  सहयोग गर्न बेल्जियमबासीको चर्को दबाब  रहेपनि  त्यो दबाब दबाबमै सिमित रहेको छ  ।
उम्मेद्वारी अन्तिम नामावली संगै  महिला उपाध्यक्षमा अनुजा प्रधान र उपाध्यक्ष गोबिन्द सिँह अधिकारी,सहकोषाध्यक्षः इश्वरा शर्मा,लुभेन क्षेत्रबाट सदस्यः बाबुराजा लामा,ब्रसेल्स क्षेत्रबाट सदस्यःराम प्रसाद सापकोटा,ब्रुज क्षेत्रबाट सदस्यः  कुल बहादुर खत्री
अोस्टण्डे क्षेत्रबाट सदस्यः  रूपा शाक्य,सिन्त्रोद्दिन क्षेत्रबाट सदस्यः  कृष्ण सिँखडा,सर्वसम्मत हुनु भएका महिला सदस्यहरू-
शुशिला सुवेदी,मैयाँ नेपाल,  सीता केसी,  प्रेमा शेर्पा र बेन्जु उप्रेती यस अघि नै स्वत निर्बाचित भई सकेका छन  ।
 
                                                                                                                                                                                    
 लोकतान्त्रीक समावेशी टीमको प्रतिवद्धता-पत्र २०१७
“सबल नेतृत्व,सबैको प्रतिनीधित्व”
गैर आवासीय नेपाली सँघ बेल्जियमको सातौँ कार्यकालको लागि लोकतान्त्रीक समावेशी टीमको प्रतिवद्धता पत्र २०१७ ।
प्रस्तावना
गैर आवासीय नेपाली सँघ विश्वभरी छरिएर रहेका प्रवासी नेपालीहरूको एक मात्र साझा सँस्था हो । यस सँस्थाको उद्देस्य,मर्म,मूल्य,मान्यता,विधान तथा घोषणाहरूका मातहतमा रही बेल्जियममा यस अभियानलाइ अझ ससक्त र पारदर्शी ढँगले अगाडि बढाउनका लागि बेल्जियमवासी नेपालीहरूबीच गरिएको भगिरथ प्रयत्नका बावजूद सर्वसम्मति कायम हुन नसके पछि विषयगत रूपमा समान बिचार राख्ने ब्यक्ति,सँस्था र समूहको बीचमा न्युनतम सहमति कायम गरेर अगाडी बढने आवस्यकताको सिद्धान्त अनुसार एनआरएन बेल्जियमको सातौँ कार्यकालको लागि आगामि ३ सेप्टेम्बर २०१७ का दिन सम्पन्न हुने निर्वाचन प्रयोजनको लागि यहाँस्थित नेपालीहरूको संयुक्त प्रयत्नमा सन्तोष जोशी (सुवाश) को नेतृत्वमा “लोकतान्त्रीक समावेशी टीम्” गठन गरिएको छ ।
उद्देस्य
बेल्जियमवासी नेपालीहरूको दुःखमा साथ दिनु र सुखमा रमाउनु यस समूहको प्रमूख उद्देस्य हो । प्रदेशमा सँगै रहेका नेपाली र तीनको समूदाय नै यहाँ हाम्रो देश हो । समूदायमा समस्या सिर्जना गर्ने होइन कि भैपरि आएका समस्याहरूको निदान गर्नु हाम्रो पहिलो कर्तब्य हुन्छ । विभिन्न वहानामा विभाजित समुदायलाइ एकताको सुत्रमा बाँध्ने र नेपाली भाषा भाषिका,सँस्कृति,भेषभुशा,पर
म्परा,पहिचान र चाडपर्वहरूको जगेर्णा गर्दै नेपाल र नेपालीको सर्वतोमूखी उन्नयनमा सक्दो योगदान गर्नमा टीम सदैव दत्तचित्त रहने छ ।
कार्यक्रम तथा प्रतिवद्धताहरू
१-नेपाल देश र बेल्जियमवासी नेपाली समुदायको हीतको लागि गैरआवासीय नेपाली सँघ बेल्जियमले शुरू गरेका विभिन्न कार्यक्रमहरूलाइ निरन्तरता दिइने छ ।
२-आपातकालीन राहत अक्षय कोषलाइ व्यवस्थित एवम् परिणाममूखी ढङ्गले सञ्चालन गरिने छ ।
३-बेल्जियममा एक सामुदायिक भवनको टड्कारो आवस्यकतालाइ हृदयङ्गम गर्दै बेल्जियमवासी समस्त नेपाली समुदाय र सँघ-सँस्थाहरूको संयुक्त सहकार्य र एक्यवध्दतामा एक नेपाली सामुदायिक भवनको निर्माण/स्थापनामा तदारूकता देखाइने छ ।
४-यस सँस्थाको नीति अनुसार नेपाल सरकारसँग दुतावासमा छुट्टै एनआरएन डेस्क स्थापनाको लागि पहल अगाडि बढाइने छ । तबसम्मको लागि यथाशिघ्र सम्पर्क कार्यालय स्थापना गरिने छ ।
५-यहाँस्थित सचेत नेपाली विध्यर्थी तथा युवा पीँढिलाइ सँगठनको दायरामा ल्याउन उनिहरूको प्रतिनीधित्व सुनिश्चित गरि उनिहरूको चाहना र योजना अनुसारका विभिन्न कार्यक्रमहरू तर्जुमा गरि उनिहरू मार्फत नै कार्यान्वयनमा ल्याइने छ ।
६-.नेपालमा उत्पादित वस्तुहरूलाइ अन्तरराष्ट्रिय जगतमा प्रवर्दन गर्न अझै पनि बार कोड सीस्टम नभएकोले नेपाल उध्योग वाणिज्य महासँघ सँग सहकार्य गरि बेल्जियमको ब्रसेल्समा रहेको बारकोड निर्माण संस्थामा नेपालमा उत्पादित वस्तुलाइ पनि बरकोड सिस्टममा राख्न पहल गरिने छ ।
७-गैर-अवासीय नेपाली सँघ बेल्जियममा हालसम्म रहेको जटील सदस्यता प्रणालीलाइ सरलिकरण गरिने छ । चर्को सदस्यता शुल्कलाइ न्यूनिकरण गरिने छ ।
८-नेपालीहरूका भैपरि आउने समस्याहरूको निराकरणको लागि तुरून्त तदारूकता लीइ सबैको सहयोगमा समाधान गरिने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*