पत्रकार न्यौपाने बेल्जियम एआरएनएको सचिब पदमा उम्मेदवार

ईयुनेपाल प्रतिनिधि
लुभेन बेल्जियम ,अगष्ट २७ |
 एन आर एन बेल्जियमको नया नेतृत्वको लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ | समय सीमा समाप्ति संगै बेल्जियम एन आर एनको  चुनाबी रौनकता  बढेको छ  |
उम्मेदवारी दिनेहरुमा लामो समयदेखि नेपालमा काम गरिरहेका समाजसेवी,पत्रकार लगायत अन्य सामाजिक संघसस्थाहरुमा आबद्ध नेपालीहरु रहेका छन | जसअन्तर्गत समाजसेवी बर्तमान महासचिब लोक दाहाल र पत्रकार सन्तोष न्यौपानेको उम्मेदवारीले नया उमंग थपेको छ | न्यौपाने स्वतन्त्र रुपमा सचिब पदमा उम्मेदवारी दिएका छन  |
सचिब पदका प्रत्यासी  न्यौपाने बिगत लामो समयदेखि बेल्जियममा बसेर कलम चलाइरहेका पत्रकार हुन् | उनले समाजका घटेका घटना ,गलत प्रवृत्तिको बारेमा सधै निडर भएर कलम मार्फत  तथ्य बाहिर ल्याउने गरेका छन | न्यौपानेलाइ बेल्जियममा नचिन्ने कमै ब्यक्तिहरु छन | एन आर एनलाई सुद्दिकरण गर्नुपर्छ भन्ने मान्यता बोकेका न्यौपानेले आफुले जितेको खण्डमा बेल्जियमको प्रत्यक क्षेत्रमा नेपालि भाषा कक्षा संचालन गर्न सुरुवात गर्ने ,नेपालि बिद्यार्थीहरु जो नेपालबाट छात्रवृत्तिको लागि अध्धयन गर्न आउँन चाहन्छन उनीहरुको लागि बिशेष पहल गर्ने योजना अगाडी सारेका छन | एन आर एन प्रति नया पिढिको प्रेम जगाउने ,उनीहरुको लागि केहि कार्यक्रमहरु ल्याउने उनको अहिलेको उद्देश्य रहेको छ | 
”अहिलेसम्म एनआरएनलाई कलम मार्फत सतर्क गराउदै आएको थिए अब आफै सस्ठा भित्र पसेर केहि परिवर्तन गर्ने मेरो प्रयास रहनेछ | यस भित्र लागेको दाग र नया पिढी तथा धेरै नेपालीले हेर्ने एन आर एन प्रतिको खराब दृष्टिकोणलाई चिर्नु आवस्यक रहेको छ | सस्था खराब होइन तर त्यहाँ पस्ने व्यक्तिको प्रबृत्ति खराब हो भन्ने बुझाउनु जरुरि रहेको छ |”सचिब पदका उम्मेदवार न्यौपानेले बताए |
त्यस्तै गरेर बिगत लामो समयदेखि समजेवामा कार्यरत लोक दाहालको समुहले  नेपालमा भुकम्प  गयको समयमा २५ जना डाक्टर सहीतको टोलीले १५ दिन स्वस्थ सेवा  प्रदान गरेको  थियो | धादिडं जिल्लाको बुढाथुम गाबिसमा ,बसेरी गा बि स मा र गलने गाउमा खानेपानीको लागी ४ लाख ५० हजार नगद सहयोग गरेका थिए | .
केही महिना अघि १६ महिना देखी जंगलमा जेलर मृत्यु संग लडेर बसेको राउटे कपील शाहीलाई काठमाडौको बीर हस्पीटलको ट्रमामा उपचार गराएर ठिक बनाई फिर्ता पठाए|  उनीहरुको समुहले आउदो बर्ष अप्रिलमा स्वस्थ सिविर लाने कार्यकर्म राखेका छन |
दाहाल भलान्दरण मेडीकल भन्ने सस्थाको  सदस्य From people to people संस्थाको सदस्य भएर काम गरिरहेका छन |साथै पिडित चेली कविता गौतमलाई बेल्जियम सम्म ल्याउनको लागी सहयोग गरेर उनले ठुलो गुण लगाएका छन् | बेल्जियम स्थित हरेक संघ- संस्थालाई आर्थिक सहयोग गर्न सधै अगाडी उनि देखिन्छन |
तिजको लागिआन्तार्पन , लुवेन,ब्रुज , ब्रसेल्स र गेन्ट सहरका दिदि बहिनीहरुलाई गत बर्ष देखी रू १०० युरो प्रत्येक बर्ष दिने गरेका छन |

अध्यक्षका प्रत्यासी दाहाल चुनाबको लगत्तै बाढी पिडितहरुको सहयोगको लागि बेल्जिक डाक्टरहरुको साथमा नेपाल जादैछन | ”पिडितहरुलाई आफ्नै हातले राहत प्रदान गर्ने र स्वस्थ्य शिबिर चलाउने हाम्रो कार्यकर्म रहेको छ |” दाहालले भने ” मैले जितेको खण्डमा नेपाल र नेपालीको लागि कार्य गर्नको लागि बिशेष योजना अगाडी सारेको छु | जसले यहा रहने सबै नेपालीहरुको हक-हितको लागि ठुलो सहयोग गर्नेछ |”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*