एनआरएनए भित्र आस्थाको आधारमा राजनीति गर्नु हुदैन : चित्र सुबेदी

एनआरएनए भित्र आस्थाको आधारमा राजनीति गर्नु हुदैन  –आईसीसी सदस्यका प्रत्यासी  चित्र सुबेदी

 आस्यांग तामांग,ब्रसेल्स

कास्की साबिक लेखनाथ तथा हालको पोखरा महानगर पालिका ३१ जन्मेका चित्र सुबेदीले २०१७ देखि २०१९ सम्माको लागी हुने एन आर एन विश्व सम्मेलनमा बेल्जियमबाट गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय  समिति  सदस्यमा उम्मेदवारी दिने गत मे दिवसकै दिन घोषणा गरी सकेका थिए ।

उनि रोजगारीको सिलसिलामा २००१ मा बेल्जियम आएर बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएका सरल, इमानदार, सजिलै सबैसँग घुलमिल हुन सकिने हँसिलो ब्यक्ति, प्रष्ट बिचार प्रखरबक्ता, आफुलाई लागेको बिचार प्रष्ट राख्न सक्ने र निर्णय क्षमता भएका ब्यक्तिको रुपमा चिनिन्छन् । उनले बेल्जियम आएर लामो समय अन्यत्रै रोजगारीमा बिताए । तर आहिले उनि बेल्जियममा ब्यबसायमा हात हालेका ब्यक्तिहरु मध्ये छोटो समयमै ब्यबसायिक सफलता हाँसिल गर्न सकेका ब्यक्तिहरु मध्येमा पर्छन् । सुबेदी नेपालमा रहँदा बामपन्थी बिचार प्रति लगाब रहेकोले बेल्जियम आउँदा पनि उनले कहिल्यै आफ्नो बिचार परिवर्तन गरेनन् । उनि बेल्जियम आउना साथ यहाँ रहेका बामपन्थी प्रगतिशिल बिचार मान्नेहरुको साझा नेपाली संस्था नेपाली जनप्रगतिशिल मञ्चमा आबद्धता जनाए । सोही संस्था मार्फत हुने सबै प्रकारको आन्दोलनहरुमा लगातार आर्थिक नैतिक भौतिक सबै प्रकारका सहयोग पुरयाई लागी रहे । नेपालीहरुको बेल्जियम बसाईको समस्याको बारेमा होस् वा नेपालमा भएका जनताको पक्षको आन्दोलन तथा तत्कालिन जनयुुद्धलाई नै सहयोग पुग्ने खालको आन्दोलनहरुमा आफुलाई सामेल गराई रहेको हुन्थ्योे ।

आफु बेल्जियम रहेता पनि नेपालको राष्ट्रियताको पक्षमा हुने आन्दोलनहरु जस्तै भारतीय सिमामा भएका ज्याददीहरुको बिरोधमा कहिले ब्रसेल्स स्थित भारतीय दुतावास त कहिले नेपाली दुताबासको अगाडी नेपाली झण्डा लिएर पुग्थे । उनि लगातार आन्दोलन र बिचारबाट खारैदैं जनप्रगतिशिल मञ्चको सदस्यबाट कार्य समितिको केन्द्रिय सििचव, उपाध्यक्ष हुदैं सन २०१२ मा नेपालबाट माओबादी केन्द्रका सुप्रिमो अध्यक्ष कं. प्रचण्ड प्रमुख अतिथि रहेको दशौं महाधिबेसनबाट सर्वसम्मत अध्यक्ष चुनिएका थिए । २०१२ देखि लगातार २०१७ सम्मा प्रगतिशिल मञ्चको अध्यक्ष रहेर कुसल नेतृत्व निर्वहा गरेका सुबेदी हाल सोहि संस्थाको प्रमुख सल्लहाकरको भुमिका र कास्की समाज बेल्जियमका पनि सल्लहाकारका रुपमा कृयासिल छन् । सुबेदीको आफ्नै संघर्षले कुसल नेतृत्व भुमिकामा रही सकेको सक्षम र कुनै छलकपटको दाग नलागेको मान्छे किन एनआरएन तिर रुचि भयो भन्ने हाम्रो पतिनिधिले सोधेका थियौं । उनले प्रगतिशिल मञ्चमा मात्रै नभै बेल्जियममा एनआरएन गठन हुंदा देखि नै कुनै न कुनै भुमिकामा रहेर काम गरी रहेको कुरा बताए । एनआरएन सबै बिचार आस्था राख्नेहरु तथा वर्ग र जात जातिहरुको साझा संस्था भएकोले सबैले त्यही रुपमा लिनु पर्ने बताउदै आफु २००९मै एनआरएनको बेल्जियम राष्ट्रिय समितिको अध्यक्षको प्रत्यासी रहेको र प्राबिधिक रुपमा झिनो मतले आफु पछि परेकोे र मेरो समुहका बहुमत साथिहरुले जित हँसिल गरेको कुरा बताए ।

त्यसैले म एनआरएनको लागी मेरो संगठनको जिम्मेवारीबाट पन्छेकोले आएको भन्ने अर्थमा लिनु हुदैन । तर बेल्जियमको अन्य केही बैचारिक संस्थाको परिपार्टि हेर्दा चाहिं आफ्नो संगठनबाट रिटायर भए पछि एनआरएनमा आउनै पर्ने जस्तो देखिएको छ मेरो त्यस्तो होइन । मेरो एनआरउन प्रतिको निरन्तरताले नै अहिले बेल्जियमको तर्फबाट केन्द्रमा जाने रुचि राखेको हो यसमा मेरा प्रिय बेल्जियमबासि नेपाली जो एनआरएनको सदस्य हुनुभएको छ उहाँहरुले मलाई मौका दिनेछ भन्ने पुर्ण बिस्वस्थ छु । बेल्जियमलाई अन्यत्र देशका एनआरएन अभियन्तहरुले बेल्जियमका नेपाली हरुमा बढी राजनिति हुने देशको रुपमा हेर्ने गरिन्छ नि भन्ने सवालमा यो केही हदमा सहि हुन पनि सकिन्छ तर मेरो के बुझाई रहेको छ भने अन्यत्रट्रदेशहरुमा पनि राजनिति गरेकै संगठन चलाएकै ब्यक्तिहरु आईरहेका छन् , अन्यत्र चाहिं राजनिति भएकै छैन भनेर कसरी भन्ने ?? आफ्नो स्वार्थ मिल्नेहरु आउँदा राजनिति नदेख्ने स्वार्थ बाझिने बित्तिकै राजनिति देख्ने परिपार्टि पनि ठिक होइन ।

अनि मलाई के पनि लागेको भने बेल्जियममा हामी माओबादलाई मान्नेहरु अलि संगठित रुपले कृयासिल रहेकोले पनि हाम्रो तिर ध्यान केन्द्रित भएको हो कि जस्तो पनि लाग्छ , तर हामी सचेत रुपमा के भन्छौं भने राजनिति हरेकले आफ्नो आफ्नो आस्था अनुसार गर गर्नु हुन्छ तर एनआरएन भित्र आस्थाको आधारमा राजनिति गर्नु हुदैंन भन्ने मान्यता रहेको कुरा बताए । अन्तमा उनले एनआरएन बेल्जियम मार्फत बेल्जियममा रहेका नेपालीहरुको समस्यालाई केन्द्रमा राखेर बसाईको समस्या भएकाहरुलाई कानुनि सहयोग, ब्यबसायिक नेपालीलाई ब्यबसायिक स्थायित्व तथा नेपाली उत्पादनको बजार बिस्तार, दुताबास र नेपाली समाज बिचको सम्बन्ध धमिल्याउन नदिई पर्यटन दुतहरुको कार्य क्षमताले नभ्याएको ठाउँमा सहयोग गर्दै नेपालमा पर्यटन प्रबर्तन गर्ने , एनआरएन बेल्जियम र केन्द्रको बिचमा सुमधुर सम्बन्ध बनाई एक पटकको नेपाली संधैको नेपाली भन्ने अभियानलाई सहयोग गर्दै एनआरएन भित्रका खराब चिजहरुको भण्डाफोर गर्ने योजना रहेको बताए ।

एनआरएनका लागी लागु गर्नै नसकिने बिधानको रुपमा रहेको कुनै पनि राजनैतिक, जातिय, धार्मिक तथा क्षेत्रिय समितिमा रहेका ब्यक्तिहरु आउन नमिल्ने भन्ने बुंदा संसोधन गर्नै पर्ने देखिएको प्रष्टयाए । एनआरएनको हरेक उत्सवहरुमा बिदेसि पर्यटकलाई नेपाल भित्र आकर्षण गर्न हरेक जात जातिको साँस्कृतिक झाँकि नभै नहुने अनि त्यहि जात जातिको संस्थामा रहेको ब्यक्तिहरु चाहिं एनआरएनमा आउन नपाउने भन्ने पनि हुन्छ र ?? त्यो अलि बिभेदकारी नै रहेछ त्यसलाई हटाउने मेरो प्रयत्न रहन्छ ।

एनआरएन भित्र आस्थाको राजनिति गर्न हुदैन तर जातिय वा धार्मिक संस्थामा काम गरेकै आधारमा आउन नपाउने हुनुहुदैन बरु त्यस्ता जातिय तथा साँस्कृतिक समाजलाई पदेन सदस्य बनाएर वा अन्य कुनै तवरले एकै ठाऊँमा ल्याई एकत्वको भाव दिलाउनु पर्छ । बेल्जियम राष्ट्रिय सम्मन्वयमा पनि लोक दहाल जस्तो राम्रो छबि भएका सबैलाई सम्मान गर्ने अरुको अस्तित्वलाई सहर्ष स्विकार गर्ने साथि अध्यक्षको उम्मेदवारको रुपमा अगाडि आएको छ उहाँहरुसँग मिलेर समाजको सुदृढ एकता र बिकासमै ध्यान जाने योजना रहेको बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*