एनआरएनए बेल्जियममा चुनाबी सरगर्मी बढ्यो

ईयुनेपाल प्रतिनिधि

तिन्स्भेष्ट  लुभेन  बेल्जियम, अगष्ट ७ ।

लुभेन बेल्जियम स्थित तिन्स्भेष्टमा आज  आसन्न  गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् बेल्जियमको  निर्बाचन प्रयोजनका निम्ति कार्यालयको बिधिवत उदघाटन भएकोछ 

बेल्जियम एआरएनएको निर्बाचन समितिको सो कार्यक्रममा केन्द्रीय अथितिको रूपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सचिब अर्जुन कुमार श्रेष्ठले  सबैलाई मिलेर अघि बढ्न सुझाव प्रस्तुत गरे 

केन्द्रीय सचिब श्रेष्ठले अन्तराष्ट्रीय समन्वय परिषद्को बिधि र नियमलाई अनुशरण गर्दै काम गर्न निर्बाचन समिति र उपस्थित विभिन्न संघ -सस्था ,सामाजिक -राजनैतिक आस्थाका प्रतिनिधिहरूलाई सुझाव दिदै बर्तमान विश्वको परिप्रेक्ष्यमा कल्पना बाहिरका  र सोचाईभन्दा परका कठिन र विषम परिस्थितिमा समेत सहजता र सरसतामा रूपान्तरण भईरहेको सत्यतालाई अंगाल्न थोरै पनि कन्जुस्याई गर्न नहुने उल्लेख गरे  ।

सो कार्यक्रममा केन्द्रीयअतिथी श्रेष्ठले बेल्जियममा रहेका विभिन्न तह -तप्का र समुदाय मिलेर चुस्त र सृजनात्मक टीम बनाउन सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्दै बेल्जियम मात्र नभई सिंगो संसारलाई उदाहरण पेश गर्न समेत उपस्थित सबैलाई सल्लाह दिए ।

कार्यक्रममा प्रमुख अतिथी गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले २ हजार ८ सय २२ जना पंजीकृत सदस्यबाट सदस्यता शुल्क प्राप्त भई सकेपनि  कतिपय प्राबिधिक कठिनाई-कमजोरीहरूका कारण प्रामाणिक तथ्यहरू पेश गर्दै  केहीदिन भित्रै चुस्त र दुरुस्त फेहरिस्त प्रकाशन गरिने जानकारी दिए  ।

सर्बमान्य र सहमतिको बाटोलाई अबलम्बन गर्दै आउदो कार्यसमिति बन्न सके  काम गर्ने  उर्जा थपिने मात्र नभई समाज र सारा दुनियाको आखाको केन्द्रबिन्दु बन्ने तर्फ सोच्ने हो कि भनी प्रमुख अतिथी अध्यक्ष गौतमले सबैलाई प्रतिप्रश्न गरे ।

 

निर्बाचन आचार सहिताबारे बहस भएको सो उद्घाटन कार्यक्रममा  बिधानमा रहेका अन्कुशहरू, निर्बाचनका क्रममा आईपर्ने ब्यबधान , हुन सक्ने सम्भावना लगायत यावत सवालहरूमा बिचार विमर्श समेत भएको थियो ।

बेल्जियम एनआरएनए पूर्व अध्यक्ष र बर्तमान अन्तराष्ट्रीय समन्वय परिषद सदस्य समेत रहेकी  समितिका सयोजक जानकी गुरुंगको अध्यक्षतामा र सदस्य-सचिब झलक केसी को संचालनमा सम्पन्न सो कार्यक्रममा बेल्जियम स्थित सामाजिक अभियन्ताहरूको ब्यापक उपस्थिति रहेको थियो । कार्यालय तिन्स्भेष्ट १२, ३०००  लुभेनमा रहेको छ ।

 

कार्यक्रममा  अध्यक्षका उम्मेदवारहरू लोक दाहाल, सुबाश जोशी ,पदम गुरुङ  र  सरु चापागाईले पनि आफ्ना कुराहरू प्रस्तुत गरेका थिए भने संघको  पूर्व  अध्यक्ष बेल्जियम एबम आईसीसी सल्लाहकार पिजी शेर्पा ,पूर्व आईसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ केन्द्रीय  महिला  सह – सयोजिका  रजनी प्रधान, यूरोप सह-सयोजक प्रेम गुरुङ , आईसीसी सदस्य नेत्र मगर , पूर्व अध्यक्ष एबम केन्द्रीय बिधान समितिका सह-सयोजक युबराज गुरुङ लगायतले आ-आफ्नो विचार मन्थन गरेका थिए ।

बिचार मन्थनमा सहभागीहरू ओएनएफ अध्यक्ष बोधराज पौडेल, जसस अध्यक्ष सिता सापकोटा , प्रगतिशील मंच अध्यक्ष  जित लामा , खडक केसी, किसन केसी ,ईन्द्र क्षेत्री , सिपि भट्ट ,ओमराज गुरुङ ,बदन योंनगहांग लगायत रहेका थिए ।

अध्यक्षका अधिकांस प्रत्यासी र ब्यापक सामाजिक र आस्थाका अग्रजहरूको उपस्थितिले अब एनआरएन ए बेल्जियमको चुनाबी सरगर्मी बढेको प्रष्ट भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*