एनआरएनए अभियन्ताहरुको सामाजिक नियत कि व्यक्तिगत स्वार्थ ?

 

 

वाईवि तमू

लिस्वन , पोर्चुगल ।

गैर आवासीय नेपाली संघ(एनआरएन)को उद्देश्य,भूमिका  र तत्सम्बन्धी उठेका विविध प्रश्नले अन्तर्राष्ट्रिय समन्वय परिषद देखि करिव ७५ ओटै राष्ट्रिय समन्वय परिषद सम्मलाई एउटै नजरले हेर्ने नजिर बस्दै गएको दुखद अवस्था सृजना भएको छ यसको ज्वलन्त उदाहरण एनआरएनए,अमेरिका बनेको छ ।

केन्द्रिय समन्वय परिषदले गरेको अन्तिम निर्णय नै मान्दैनौ भनेर उफ्रेका छन् एनआरएनए,अमेरिकाका केहि अभियन्ताहरु ।

एनआरएनएमा कस्तो प्रवृतिको मानिसले नेतृत्व गर्नु पर्छ कस्तो ले गर्नु हुदैन भनेर बकायदा विधान छ नियमावली छ तर खै त् ति लिखत नियमावली,विधान आदिको प्रयोग गरेको एनआरएनका बुझक्कडहरुले ?

प्रसंग पोर्चुगलको । राष्ट्रिय समन्वय परिषद,पोर्चुगलले आफ्नो छैठौँ महाधिवेशन आगामी १० सेप्टेम्वर २०१७ लाई  तोकिसकेको छ ।सोहि अनुसार साधारण सदस्यता वन्ने अन्तिम मिति भन्दै दुई पटक थप पनि गरिसकेको छ गत जुलाई ३१ तारिक २०१७ दोस्रो पटकको मिति थप हो भने अब पुन: तेस्रो पटक अगस्ट ८ तारिक २०१७ वेलुका सम्मको समय थप गरिएको छ ।

एनआरएएले सस्थागत प्रक्रिया अनुसार काम गर्ने शैली उसको हो भने त्यहि सस्थालाई सहयोग गर्ने पनि जिम्मेवारी यहि समाजमा बस्ने सवै नेपालीहरुको पनि हो यसमा कसैको विमति पनि हुदैन ।

अचम्म लाग्ने विषय त् के भने “खल्तीमा एक सय जना साधारण सदस्यहरुको फाराम छ कि छैन तर म हामि संग ५०० सदस्य छ अब हामीलाई नेतृत्व वा कुन पद दिने ?भन्दै पदको बार्गेनिङ्ग गर्नेहरुलाई साजिक अभियन्ता भन्ने वा  राजनीतिक कार्यकर्ता को झोला बोक्ने झोले भन्ने ?

कुनै पनि व्यक्ति सस्थामा आबद्द भए पश्चात सस्थागत मर्यादा र दायित्व वोध गर्ने गरि कर्तव्य पालना गर्ने कि सस्था भाडमा गए जाओस आफ्नो दुनो सोझ्याएर जस आफुले लिने अपजस अरुलाई दिने यस्ता सामाजिक अभियन्ता र नेतृत्वले के एनआरएनए,पोर्चुगलको भबिष्य राम्रो होला भन्ने ग्यारेन्टी कसले दिने सक्छ ?कोहि छ त्यस्तो व्यक्ति पोर्चुगलमा ?

पोर्चुगलको नेपाली समाजमा एउटा मात्र सस्था छ जसले  जिम्मेवार सस्थाको रुपमा आफुलाई विगत देखि हाल सम्म शाख बचाई राखेको छ यस्तो भन्दा जनसम्पर्कका कार्यकर्ताहरु फुरुक्क हुने र जनप्रगतिशिल मन्च,नेपाली प्रवासी मन्च,संघिय समाजवादी फोरम,लगायतका कार्यकर्ताहरु बुरुक्क हुनु कुनै आवश्यक छैन किनकि वास्तविक धरातल र यथार्तता पनि यहि हो जसले गर्दा एनआरएनए,पोर्चुगलमा नेतृत्व गर्ने नेपाली जनसम्पर्क समिति भन्दा बाहिरको कोहि पनि छैन र विकल्पको रुपमा कोहि आए पनि पछि टिमुर जस्तो आफै खुम्चेर बस्ने हो ।

हरेक संघ सस्थाका आ-आफ्नै कार्य क्षेत्र छन् । कसैले कसैको सस्थागत विषयमा अनावश्यक टिकाटिप्पणी गरेर समय फाल्नु भन्दा अरुको भन्दा राम्रो हाम्रो/आफ्नो कसरि बनाउन सकिन्छ भन्ने तर्फ सोच्नु र सोहि अनुसार आफ्ना कार्यकर्ता ,सुभचिन्तकहरुलाई एकत्रित पार्नु नै बुद्दि मानी ठान्दछु ।

 

माथिको प्रश्नको उत्तर दिने जिम्मा पोर्चुगलका सम्पूर्ण नेपाली समुदायहरुलाई दिन चाहन्छु ।

सस्थागत विधान सम्मत कुरा गर्दा एनआरएनए,विसुद्द सामाजिक कार्यको लागि स्थापित गैर राजनीति,गैर धार्मिक,गैर जातिय यी माथिका कुनै पनि विषय भन्दा फरक भनेर परिभाषित गरिएको छ जुन परिभाषा पड्दा लाग्छ म एनआरएन को सदस्यता बन्नु पर्छ र अरुलाई पनि बनाउनु पर्छ भन्ने तर जव व्यवहारमा काम गर्ने फिल्डमा भने ठिक उल्टो हुदा र गरिदा किन बन्ने सदस्यता भन्ने पनि हुन्छ तर म एक सचेत नागरिकको हैसियतले विग्रेका चिजहरु सुधार गरेर लान सकिन्छ भन्ने सकारत्मक सोचलाई आत्मसाथ गर्ने व्यक्ति भएकोले एनआरएनएको सदस्यता लिएको छु र सवैलाई यहि अनुरोध पनि गर्दछु समाजमा राम्रा नराम्रा दुवै हुन्छन तपाई कसको बढि चासो र खोजि गर्नु हुन्छ भन्ने महत्वपुर्ण प्रश्न हो र यसको जवाफ स्वयं तपाई नै हो जसले सकारात्मक सोच सहित राम्रा कुरालाई पछ्याउने र नराम्रा विषय वा व्यक्तिहरुलाई निरुत्साहित गर्दै अगाडि बढे समाज आफै राम्रो बन्छ त्यसैले एक सचेत्  नागरिकको यो पनि जिम्मेवार हो जसले सम्मुनत समाज निर्माण गर्नमा टेवा पुग्ने छ ।

माथिकै प्रश्न मै आउन चाहन्छु । अध्यक्ष भिम केसी कमल अफिसियल भिजिटमा,अर्का उपाध्यक्ष राजन शेरचन पोर्चुगल बाहिर,अर्का उपाध्यक्ष सुनिल संगम, नेपाली जनसम्पर्क समिति,पोर्चुगलको क्षेत्रीय अधिवेशनका लागि एनआरएनए,पोर्चुगलको तर्फबाट अतिथिका रुपमा अल्गार्भ भने अर्का उपाध्यक्ष शम्भु गौतम कार्यवाहक अध्यक्षका रुपमा अफिसमा अन्य सहयोगीहरुमा कोषाध्यक्ष रुपक श्रेष्ठ,सदस्य रोवर्ट लिम्बु,सदस्य मुक्ति नारायण श्रेष्ठ, सस्थाका प्रतिनिधिहरु र  पोर्चुगलमा सक्रिय आदिवासी जनजाती महासंघ,पोर्चुगलको तर्फबाट पेश गरिएको सदस्यता वितरणको म्याद थप गर्ने अनुरोध माथि छलफल गरिएको कुरा एक अनौपचारिक बहस बाट थाहा भयो एनआरएनए कार्यालयमा ।

कार्यालय मेरो र परिवारको सदस्यता कार्ड लिन पुगेको थिए । प्रसंग उठिहाल्यो अघिल्लो दिनको ।गफ हुदै थियो ।केहि वेरमा नेपाली जनसम्पर्क समिति,पोर्चुगलका अध्यक्ष सहितको टोली एनआरएनए कार्यालयमा पसे । सवै आ-आफ्नै खालि कुर्चीमा बसे ।प्रसंग चलिरहेको थियो साधारण सदस्यता वितरणको म्याद थप सम्बन्धि अघिल्लो दिन निस्केको दुई फरक फरक सुचनाका विषयमा ।उनीहरु पनि यहि विषयका बारेमा जानकारी माग्न कार्यालय आएको अध्यक्षले जानकारी गराए ।

कार्यवाहक अध्यक्ष शम्भु गौतम,उपाध्यक्ष सुनिल संगम,कोषाध्यक्ष रुपक श्रेष्ठ लगायतका अन्य उपस्थिति रहेको थियो छलफलकै क्रममा प्रक्रियामा गल्ति भएको  तर नियत गलत नभएको भनि सस्थाको तर्फबाट सम्पूर्ण जिम्मेवारि कार्यवाहक अध्यक्षले लिन्छु भनेर कन्भिन्स गराउने प्रयास गरे तर उनीहरु मानेन भन्न थाले “हामी(जनसम्पर्क समिति,पोर्चुगलले )समयमै सदस्यता फाराम बुझाएको हो ,हाम्रो अनुपस्थितिमा गरिएको कथित निर्णय बदर गरियोस या होइन भने हामीले बुझाएको फाराम फिर्ता दिनु पर्यो “भन्दै निक्कै बेर अड्डी कसे ।

करवी २ घण्टा भन्दा बढि समय सम्म चलेको छलफलमा कुनै सोलुशन भएन २४ घण्टा भित्र एनआरएनएले सस्थागत निर्णय गरेर हामीलाई सुचना दीयोस भनि उनीहरु बाहिरिए ।

जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरु बाहिरिदै गर्दा नेपाली प्रवासी मन्च,पोर्चुगलका अध्यक्ष र उपाध्यक्ष सहित अन्य २ जना कार्यकर्ताहरु अफिस भित्र छिरे ।

कार्यालयमा बिरोध आए पाश्चात तुरुन्त कार्यवाहक अध्यक्षले उनीहरुलाई बोलाएर आफुहरु आएको बाए । फेरी त्यहि विषयमा लामो कुराकानी भयो ।एक्ले अर्कोलाई दोष दिने र आफु चोखो हुने जस्तो गरि छलफलको बातावरण बन्यो ।

एनआरएनएका कोषाध्यक्ष रुपक श्रेष्ठले “आफुले तपाईहरुले के कति सदस्यता फारम लिनु भएको छ बुझाउनुस अनि समय थप्ने कुरा त् सहमतिमै गर्ने हो “भनेर अनुरोध गर्दा पनि नेपाली प्रवासी मन्चका अध्यक्ष तथा एनआरएनए,पोर्चुगलकै सल्लाहकार समेत रहेका गोबिन्द पौड्यालले “हामीले किन बुझाउने फाराम ,कति सदस्यता बने हाल सम्म त्यसको जानकारी माग गरेर सोहि अनुसार सदस्यता फाराम बुझाउने भनेर लिएर पनि आएको तर उहाहरुले बताउनु भएन त्यसैले हामीले फाराम पनि नबुझाएको बताए ।

तपाई एनआरएनए,पोर्चुगलको सल्लाहकार,जिम्मेवार पार्टीको जिम्मेवार पदमा बसेको नेता पनि तपाइले त् फाराम बोकेर पकेटमा राखेर हिड्ने हो र कार्यालयमा बुझाउने होला नि त् अरुलाई पनि बुझाउ भनेर झन् प्रोत्साहन पो गर्न होला नि “?भनेर प्रश्न गर्दा उनले भने “त्यहि भए र त् म्याद थपेको त् “। त्यसो भए अब म्याद थपियो ८ तारिक भित्र बुझाउनु हुन्छ कि सोहि अन्तिम दिन ८ तारिक भन्ने प्रश्नमा उनको जवाफ थियो ” हामी सोहि दिन (अन्तिम दिन) ८ अगस्ट कै दिन फाराम बुझाउछौ” ।

कति सदस्यता बनाउनु भएको छ “?भन्ने प्रश्नमा “करिव २ सय सदस्यको २ हजार युरो रकम पनि मेरै खल्तीमा छ छ यहि बोकेर हिडेको छु “भन्ने उत्तर दिएका थिए ।

तपाईले फाराम झोलामा बोकेर हिड्ने,सदस्यता वापत उठाएको शुल्क खल्तीमै छ पनि भन्ने तर अहिले किन दर्ता नगराउने “?भन्ने प्रश्नमा उनले भने ” हामी बुझाउछौ अन्तिम दिन सम्म “।

यसरि आफ्ना पार्टीको कार्यकर्ता जस्तो ठानेर एनआरएनए,सामाजिक सस्थाको सदस्यता फाराम बितरणमा कसरि सहजता गरेको ठहरिन्छ ?जिम्मेवार राजनीतिक पार्टीको नेतृत्वले ?

आफ्नो व्यक्तिगत स्वार्थका लागि साधारण सदस्यता बन्ने एनआरएन अधिकारलाई कुण्ठित पार्दै पदको लागि बार्गेनिङ्ग गर्ने अधिकार न त् कुनै संघ सस्थालाई छ न त् व्यक्तिलाई नै ।

यस्तो कुतर्क र वेतुके पाराले सामाजिक सस्थाको नेतृत्व गर्छु भनेर समाजको अगाडि कसरि भोट माग्ने ?नैतिकताले दिन्छ त् ?

यसको निर्णय गर्ने जिम्मा पोर्चुगलमा रहेका तपाई सचेत नेपाली नगरिकहरुको पोल्टामा छोड्न चाहन्छु ।

आदिवासी जनजाती महसंघ,पुरानो सस्था यसको म पनि आफु एक सदस्य हुँ । सस्थागत गरिएका निर्णयहरु पालना गर्नु मेरो कर्तव्य ठान्दछु तर सस्थाको आडमा कसैले व्यक्तिगत स्वार्थ र इतरको भलाईका लागि गर्ने कदम प्रति मेरो सधै असहमति नै हुनेछ मेरो प्रस्ट विचार हो ।

महासंघले सदस्यताको म्याद थप गरौ भनेर एनआरएनए,कार्यालयमा निवेदन दिनु स्वाभाविक भए पनि एनआरएनएले तोकेको अन्तिम मितिका दिन सम्म कति सदस्यता फाराम बुझायो ?भन्ने प्रश्न मुख्य हो । एउटा पनि सदस्यता फाराम न बुझाउने अनि फेरी अर्को म्याद थप्नु पर्यो भनेर अनावश्यक दवाब सृजना गर्नु कहाको नियम हो ? के जिम्मेवार सँस्थाको कार्यविधि र शैली यहि हो ?

हो ,कति बने त् एन आरएन सदरण सदस्यता ?कति पुराना सदस्यहरुले नविकरण गरे त् ?भनेर चासो राखे जस्तै हामीले पनि बनाउनु पर्छ र जम्मा भएका र बन्न इच्छुक साधरण सदस्यहरुलाई प्रोत्साहन गर्नु पर्छ अनि पो कति बने,कति बनेनन्, सदस्यता न बन्ने हरु किन बनेन ?भनेर बहस गर्नु,चासो राख्नु स्वभिविक पनि देखिन्छ ।

ब्यबहारमा अश्वाभाविकता प्रदर्शन गर्ने मुखले म्याद थप्नु पर्छ भनेर अनावश्यक दवाब दिनु गैर जिम्मेवार कार्य हो ।

बिभिन्न संघ सस्थाहरु बीच बसेर भब्य छलफल गरि गरिएको निर्णय भनेर निर्णयनै सार्वजनिक गरियो तर त्यो निर्णय पश्चात आउने प्रतिक्रिया र त्यसको प्रभावको बारेमा न महासंघले सोच्यो,न त् प्रवासी मन्च,जनप्रगतिशिल मन्च कन्युनिस्ट इतरका कसैले पनि सोचेनन जसको गतिलो जबाफ र चेपुवामा सामाजिक सस्थालाई गल्ति थोपर्ने नराम्रो दुस्साहस गरियो यसो जबाफ आशन्न छैठौ अधिवेशन सम्म कायम रहने पक्का छ ।

महासंघ लगायत अन्य कम्युनिस्ट इतरका मिलेर नेपाली जनसम्पर्क समितिलाई वायस गर्ने धृष्टता गरेको भन्ने ठान्यो जनसम्पर्कले अनि आफ्नो शक्ति प्रदर्शन गर्न आगामी अधिवेशनमा आफ्नो नेतृत्व हुने कुरामा झन् खुराक मिल्यो तर यो कुरा  को थोरै पनि हेक्का राख्न सकेनन कम्युनिस्ट र माहसंघका बुझक्कडहरुले ।

सामाजिक सस्थामा राजनीति हावी बनाउन र गराउनमा उद्दत दखिए यहाका नेपाली राजनीति कार्यकर्ताहरु ।तर यस गल्ति बाट सवैले सिक्दा सवैलाई राम्रै हुन्छ ।सवैको जय होस् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*