समाज सेवामा मिल्ने आत्मसन्तुष्टी अरु कुनै भौतिक चिजमा मिल्न सक्दैन : मनसुवा परियार

आश्यांग तामांग

ब्रसेल्स बेल्जियम।

म्याग्दी नेपालको भुरुङ तातोपानीमा जन्मेका मनसुवा परियार बैबाहिक रुपमा सन २००५ देखि बेल्जियम बस्दै आएकी छिन् । उनले २०१७ देखि २०१९ सम्मको लागी हुने एनआरएनए बेल्जियमको महिला संयोजकमा आफ्नो उम्मेदवार घोषणा गरेकी छिन् । बेल्जियमको  ब्रुज शहरलाई आफ्नो कर्म थलो बनाउदै आएकी मनसुवा महिलाहरुमा मात्रै   होइन पुरै बेल्जियम भरिमै समाज सेवामा समर्पित नेपालीहरुमा औंलामा गनिने  मध्येमा  अग्रज  महिला हुन् । नेपालको बिकट जिल्लामा जन्मेका महिला सामाजिक घट्ना परिघटनाले गर्दा नै उनलाई बाल्यकाल देखि नै समाज सेवामा लागी समाज बदल्नु पर्छ भन्ने सोचको बिकास भएको कुरा बताउछिन् ।

गाऊँ घर समाज टोलमा भएका हेला होचों, थिचो मिचोले मलाइृ सानै देखि पिरोली रहन्थे । जब मेरो सोच्ने र समाजलाई बुझ्ने भए समाजको लागी केही गर्नु पर्छ भन्ने लागेर आयो । नेपालमा भएको महान जनयुद्धमा पनि केहि समय कुनै न कुनै भुमिकामा रहेर काम गर्ने मौका मिलेको थियो । मेरो घर परिवारको बा आमा दाजुभाई सबैले मलाई हौसला दिनु हुन्थ्यो मेरो बिबाह पश्चात पनि मेरो श्रीमान् पनि समाज सेवामा खुसि हुने र सोसियल वर्कर नै भएकोले मलाई मेरो उदेश्य कहिं न कहिं लागीरहन सजिलो भैरहेको छ । उनले नेपालमा केहि न केहि गर्ने मनको हुटहुटिलाई बेल्जियम आएर पनि पुर्ण बिराम लाएनन् । उनी रेष्टुरेण्टमा वेटरको काम गरेता पनि आफ्नो तलबको सानो गाँस कटाएर, भ्याकेन्सि तलब, टिप्स पाएको र साथिसँगीले दिएको केही युरो जम्मा गरेर नेपालको गरिब टुहुरा बाल बच्चाहरुको लागी सञ्चालनमा रहेको एकिकृत सिर्जनशिल समाजको अनाथलयमा निरन्तर सहयोग पु¥याई रहेको बताउछिन् ।

अनाथ बाल -बालिकालाई मात्रै नभै उनले आफ्ना बाबा- आमालाई जस्तै बृद्ध- बृद्धाहरुको सेवा गर्ने गृह बृद्धाश्रमलाई पनि केही सहयोग गरेकी छिन् । दुई बर्ष पहिले आएको महाभुकम्भमा पनि ब्यक्तिगत रुपमा केही रकम संकलन गरी यहाँको बेल्जिक स्वयंसेविहरुलाई नेपाल पठाई काभ्रेको एक गाऊँमा दाल चामाल सहित पुरै राहातको सामग्री बितरण गरेको बताउछीन् । राजनितिक रुपमा सचेत रहनु पर्छ, राजनितिले नै देश चलाउने हो राजनिति र नेताहरुलाई घृणा गर्नु हुदैन भन्दै आफु बेल्जियम स्थित जनप्रगतिशिल मञ्चमा आबद्धता रहेको कुरा पनि खुलाईन ।

यतिको समाजसेवा गर्ने बाटो हुंदा हुदै किन एनआरएनको महिला संयोजक नै उठ्नु परयो भन्ने प्रश्न खस्न नपाउदैं उनले बर्तमान एनआरएनको कार्य समितिको कामलाई हेर्दा समाजसेवामा रुचि रहेको राम्रो हृदय भएको, सबैलाई सम्मान गर्ने, महिला हिंसाको बिरुद्धमा अन्यायमा परेकाहरुलाई न्याय दिलाउन लागी पर्नु हुने आदरणिय दाजु लोक दहाल जस्तो ब्यक्तित्वको नेतृत्वमा र एनआरएन बर्तमान कोषाध्यक्ष दिदी आङ माया लामा जस्तो ईमान्दार ,जागरुक , सकृय समाज सेवीहरुको टिममा रहेर काम गर्न पाए अलि प्रभावकारी रुपमा गर्न सकिन्छ भन्ने आत्म बिश्वासले मैले महिला संयोजक रुचि राखेको हो । मलाई बिश्वास छ कि मलाई सबैले काम गर्ने मौका दिनुहुनेछ । उनले जिवनमा काम गरेर जस अपजस सबै थोक मिल्ने भए पनि समाज सेवामा लाग्दा मिल्ने आत्मा सन्तुष्टि मानिसलाई भौतिक सम्पती, सुख सुबिधाले दिने आत्मा सन्तुष्टि भन्दा धेरै गुण बढी भएको बताए ।                   ( कुराकानीमा आधारित )

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*