बेल्जियमको अन्त्वेरपेनमा नेपाल फेस्टिबल भब्य रूपमा सम्पन्न

डिल्ली राम अम्माई
अन्त्वेरपेन बेल्जियम ,जुलाई १६ । 
नेपाली कला र भावनात्मक मातृभूमिको सम्मानले ओतप्रोत हुदै बेल्जियमको आन्तोर्पेनमा नेपाल फेस्टिबल सम्पन्न भएको छ ।
मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरूको भब्य उपस्थिति रहेको थियो भने नेपाली आतिथ्यलाई स्वीकार गर्दै हज्जारौ बेल्जिक नागरिकको पनि उपस्थिति रहेको थियो । यो फेस्टिबल एन आर एन ए बेल्जियमको इतिहाससंग जोडिएकोले पनि यसको महत्व अधिक रहेको छ । पहिलो नेपाल महोत्सब २००८, २१ जुन सनिबार र २२ जुन आइतबार प्रयटनलाई नेपाल जान उत्प्रेरित गर्ने कार्यक्रम सहित दूइ दिनसम्म उत्सबको रुपमा सम्पन्न भएको थियो ।
तत्कालिन एन आर एन ए , बेल्जियमका प्रथम अध्यक्ष युब राज गुरुङ संयोजकत्वमा नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित बिभिन्न सँघसंस्थाको सहकार्यबाट बेल्जियममा प्रथम नेपाल फेस्टिवलको गरिएको थियो ।
बेल्जियमका अग्रज रबिन्द्रमान श्रेष्ठ, तत्कालिन उपाध्यक्ष गंगाधर गौतम, बालेन्द्र तमु , जानकी गुरुङ लगायत धेरै नेपालीहरुको त्यो महोत्सबमा अतुलनिय योगदान थियो । त्यो बेलाको नेपाल फेस्टिबल पनि आन्त्वेर्पेनकै बर्गर्हाउटमा भएको थियो । अहिले पुनः यहि सुन्दर नगरी आन्त्वेर्पेनमै वेल्जियन केन्द्रीय संसदकी सांसद रिता वेलन्स, नेपाल महोत्सबको बेनेलक्सका महामहिम लोक बहादुर थापा लगायत अतिथिहरुले संयुक्तरुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्दा प्रवासमा नेपाली राष्ट्रियता र अपनत्वले नेपाली दर्सकहरुलाई तालीको गड्गडाहट रोक्न मुस्किल बनायो ।
समयको अन्तरालमा यो महित्सबले आफ्नो निर्दिष्ट लक्ष पुरा गरिरहेको छ वा परम्परा मात्र धानेको हो त्यो त समीक्षाको बिषय होला । तर पनि बेल्जियमको अर्को पुस्ता र बेल्जियन नागरिकलाई नेपाल चिनाउदै सदभाबपूर्ण भ्रमणको उत्प्रेरणा जगाउन यो महोत्सबले दीर्घकालिक र गहन भूमिका निर्वाह गरिरहेको छ भन्ने कुरामा शंका छैन । याद छ, पहिलो नेपाली महोत्सबमा पनि आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रीय गान गाइएको थियो। नेपालमा पर्यटनको बिकाशका लागि डकुमेन्ट्रीहरू देखाइएको थियो ।
नायिका बर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो। पहिलो महोत्सबका यी प्रक्रिया पुन दोहोरिएका छन् ।किरात समाज, पाशा पुच: , तमु समाज लगायतका आफ्ना भेषभुषामा सजिएका सांस्कृतिक झाकीहरु सहित नेपाली परम्परागत बाध्यबाधनले बेल्जियमको मुटु इतिहासमा जस्तै हिजो पनि पुन : ब्युझाई दिएको छ । किरात राईहरूको साकेला सिली र तमुहरुको घाटु नृत्य सबैको आकर्षर्ण बनेको थियो |
यो पटक पनि स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो । त्यसै गरी नेपाली बाद्यबादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धुनहरुले कार्यक्रमको रौनकता झनै थपेको थियो। बेल्जियन तथा नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था ,नेपाली दूतावास, ट्राभल एजेन्ट लगायत बेल्जियन सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए।
त्यस्तै २०१४ को अक्टोबर २, ३, ४ र ५ मा बेल्जियमको पर्यटकीय शहर सोदफोन्टेनमा भएको कार्यक्रम पनि नौमती बाजाको धुनले स्मरणयोग्य र भब्य रहेको थियो ।‘सानो नेपाल’ नामक उक्त चार दिने महोत्सवले पनि नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो इतिहास कायम गरेर समापन भएको थियो । यो महोत्सबको सांस्कृतिक महत्व जति धेरै छ त्यत्तिकै पर्यटकिय महत्व पनि रहेको छ । त्यसैले यो कार्यक्रमको दिर्घकालिन महत्वलाई कसैले इन्कार गर्न सक्दैन ।
अहिलेलार्इ, बेनेलक्सका निम्ति नेपाली राजदुत लोक बहादुर थापा सहित दुताबास परिवार र एन आर एन ए का अध्यक्ष गंगाधर गौतम सहित एन आर एन परिवारको साझा प्रयासले कार्यक्रम सानदार रुपमा सफल भएको छ । प्रमुख अतिथि राजदुत लोक बहादुर थापाबाट नेपाल भ्रमणको लागि सम्पूर्ण बेनेलक्सका नागरिकहरुलाई खुल्ला आह्वान गर्दै महोत्सबको समाप्ति भयो । सबै बोल्ने बक्ताहरुले नेपाल प्रति सदभाब देखाए ।
आयोजक संगठनका अध्यक्ष गंगाधर गौतमको अध्यक्षता र महा-सचिब लोक दाहालको संचालनमा सम्पन्न औपचारिक मेलामा बेल्जियमका सभासद र उच्च पदस्थहरुको समेत उपस्थिति रहेको थियो ।
 
  
Type a message…
 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*