एनआरएन बेल्जियम अध्यक्षमा लोक दाहालको दाबी

नेपालको धादिङ बुढाथुममा जन्मिएका ,सन् १९९९ देखि बेल्जियमको  अन्त्वेर्पेंनलाई  आफ्नो कर्म क्षेत्र बनाउदै आएका सफल ब्यबसायी, वर्तमान एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय परिषद्का महासचिव तथा समाजसेवी लोक दाहालले २०१७ — १९   कार्यकालको लागी अध्यक्षमा उठ्ने कुरा यस अघि नै घोषणा गरी सकेका छन् ।

जब लोक दाहालले आगामी कार्यकालको लागी अध्यक्षमा प्रत्यासीको रुपमा आफुलाई घोषणा ग¥यो त्यहि बेला देखि उनको बारेमा बेल्जियमका नेपालीहरुमा एन आर एनलाई चाहिने मध्येको राम्रो, असल र सामाजसेविको रुपमा चर्चा चली रहेको पाएको छ ।

हुन पनि सन्  १९९९ देखि बेल्जियम आएका उनि आए देखि नै सामाजिक कार्यमा  हुरुक्कै हुने  ब्यक्तिको रुपमा  आफुलाई परिचित गर्दै आएका छन् । बेल्जियम स्थित नेपालीहरुको हरेक दुखमा साथ दिदैं सबै नेपालीहरुको बेल्जियम बसाईलाई सहज वाताबरण बनाउनको लागी हुने आन्दोलनहरु होस् वा नेपालको जनपक्षिय आन्दोलनहरुको सहयोगको लागी जनप्रगतिशिल मञ्च जस्तै बिभिन्न नेपाली संघ संस्थाहरुमा रहेर दिलोज्यान दिएर सन्  २००० देखि नै लागेको देखिन्छ ।

जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्षको  जिम्मेवारी सफलता पुर्वक पुरा गरेका दाहाल २०१३ देखि २०१५ सम्म नेपाली ब्यबसायी संघ बेल्जियमको पनि महासचिवमा रहेर कुशलता पुर्वक नेतृत्वदायी भुमिका निभाएका थिए । नेपालीहरुको संस्थामा आबद्ध रहेर नेपालीहरुको हरेक सुख -दुखमा संधै एकाकार रहेर  ब्यबसायिक हकअधिकार तथा बेल्जियमका कानुनी साक्षरताको अभियान पनि चलाएका थिए ।

सन् २०१५ देखि बेल्जीयमको राष्ट्रिय भाषा डच को ज्ञान भएका दाहाल नेपालीहरुको संस्थामा मात्रै सिमित रहेन । जब नेपालमा बिनासकारी महाभुकम्भले धनजनको गम्भिर क्षेति भएको बेलामा नेपालीहरुको असन्हा दर्द र  पिडालाई केहि मल्हम लगाउने हेतुले बेल्जियम स्थित “पिपुल टु पिपुल बेल्जियम” भन्ने संस्थाको आजिवन सदस्य बनि बेल्जियम स्थित प्रख्यात डाक्टरहरु साथमा लिई ब्यक्तिगत खर्चमा नेपालका बिभिन्न बिकट गाऊँहरुमा गई राहात पु¥याएर उत्कृष्ट समाजसेवा गरेका थिए ।

यहि समय बेल्जियम स्थित डाक्टरहरुको संस्था भि मेड ( V- MED )भ्लान्दरन मेडिकल टिमको पनि आजिवन सदस्यता बनि नेपालका मनाङ मुस्ताङ जस्ता विकट गाऊँहरुमा समेत आधारभुत स्वस्थ्य सम्बन्धि सेवा दिन पुगेका छन् । केही समय पहिले मात्रै पनि उनले बेल्जिक प्रसिद्ध डाक्टरहरुको एक टोलि लिएर नेपालका राऊटे वस्तिका जोखिममा परेका बिरामीहरुको उपचार पनि गरेका थिए । जुन कार्यले नेपाल सरकारको पनि ध्यानाकर्षण गर्न सफल भएको थियो ।  २०१५ देखि एनआर एन बेल्जियमको महासचिव रहेर आफ्नो क्षमता प्रदर्शन गरि रहेका दहाल राष्ट्रिय समिति भित्र कै उत्कृष्ट समाज सेविको रुपमा चर्चा कमाउन सफल देखिन्छन् ।

तपाईलाई बेल्जिकहरुकै संस्थामा रहेर पनि नेपाल र नेपालीको सहयोग गर्न सकिन्छ नि किन एन आर एनको बेल्जियमको अध्यक्ष नै चाहियो र भनि सोधेका थियौं ,  तपाईको कार्यक्रमहरु र जित्ने आधारहरु के के छन् भन्ने सवालमा उनले आफु नेपालमा हुंदा पनि समाज सेवामा रुचि रहेको र बेल्जियम आए देखि नै कुनै न कुनै रुपमा नेपाली संघ संस्थाहरु मार्फत वा ब्यक्तिगत रुपमा पनि नेपाली समाजकै गतिबिधिमा घुलमिल भैरहेकोले मेरो समाज सेवाको क्रमिक बिकासकै रुपमा एन आर एनको अध्यक्षमा उठ्ने ठाऊँमा आई पुगेको हो भनेर बुझ्दा राम्रो हुन्छ भन्नु भयो ।

यसमा कुनै ब्यक्तिगत पद प्रतिष्ठाको लागी नभै बेल्जियमका नेपाली समाज र नेपाललाई मैले सकिने सेवालाई एनआरएन बेल्जियम मार्फत गरेमा अलि प्रभावकारी हुने रहेछ भन्ने कुरा यो दुई वर्षको महा सचिवको जिम्मेवारीले र नेपाली समाजले मैले गरेको कामहरुको सकारत्मक सहयोग गर्दै हौसला दिएकोले पनि मलाई अध्यक्ष उठने प्रेराणा मिलेको हो भन्नु भयो ।

अध्यक्षमा बिजयी हुने हुने आधारहरु त मेरो समाज सेवा र मलाई माया गर्दै साथ दिने बेल्जियम स्थित एन आर एनका सदस्यहरु नै हुन दाहालको भनाई थियो  ।

संस्थागत रुपले पनि बेल्जियम स्थित प्रमुख संस्थाहरू  नेता ,कार्यकर्ता ,समर्थकहरु लगायत तमाम बेल्जियमबासी  नेपालीहरुको ब्यापक समर्थन रहेको बुझिएकोछ  अन्तिम सम्ममा चुनाव नै नहुने सम्भाबना पनि रहेको बताउनु भयो ।

एआरएनको अध्यक्ष जितेमा वा नजितेमा पनि आफ्नो समाज सेवामा कुनै कमि नआउने भन्दै जितेमा गरिने कार्यहरुको बारेमा छुट्टै अवधारणा ल्याउने छ भन्नु भयो ।  तर यहाँ छोटकरिमा पहिलो काम भनेको बेल्जियम स्थित नेपालीहरु कै आपत परेमा, कुनै समस्या परेमा वा दुखको बेलामा हरेक प्रकारको सहयोगमा रात दिन नभनि लाग्ने छु ।

यहाँ केही नेपालीहरु वर्षौं देखि बसाईको कानुनी समस्यामा रहेका छन् म उहाँहरुको समस्यालाई बेल्जियमका राजनितिक पार्टिहरुलाई आउने निर्वाचनमा रेगुलैजेसनको मुद्धा बनाउन प्रयत्न गर्नेछु भने बसाईको कानुनी समस्या भएकाहरुलाई मेरो हरेक प्रकारको साथ रहने छ , ब्यबसायिक सफलताको लागी ब्यबसायिक साथिहरुको साथमा रहने छु , नेपालमा हुने गरेको कुनै पनि दैवि प्रकोपमा अनुभुति हुने गरी राहात वा आवश्यक सहयोग पु¥याई बेल्जियम स्थित नेपालीको सिर ऊँचो पार्नेछु । नेपालमा पर्यटन प्रवद्र्धन तथा लगानीको लागी पहल गर्दै नेपाली दुताबास र नेपाली समाजको एकतालाई मझबुद गरी नेपाली वस्तुको युरोप ब्यापारमा सहयोग गर्ने कामहरु नै हुन् भन्दै एन आर एनलाई सबै स्तरको नेपालीको पहुंचमा राख्नको लागी एन आर एनको सदस्यता र सदस्यता शुल्क  पनि घटाउने छु भन्नु भयो ।

 

आजै साझ सम्म जातीय समाबेसी, क्षेत्रियता र क्षमता भएकाहरुको सयुक्त समाबेसी प्यानल  पुरै समितिको रुप बाहिर आउने बताएका छन् ।

एनआरएन  बेल्जियम अध्यक्षका  प्रमुख प्रत्यासी लोक दाहाललाई  राजनैतिक आस्ठाका आधारमा मात्र सिमित नरही योग्य र दक्षता र कार्य कुशलताको आधारमा सबै क्षेत्रबाट सहयोग हुने कुरामा दुईमत छैन ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*