पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि संघर्ष समिति

वाई वि तमु

लिस्वन् पोर्चुगल,जुलाई ७  ।

 

पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि पछिल्लो समय पोर्चुगलवासी नेपालीहरु एक ठाउँमा उभिएका छन ।

करीव २० हजारको सन्ख्यामा नेपालीहरुको वसोवास गर्ने पोर्चुगलामा नेपाली दुतावसको अति आवश्यक भैसकेको छ जसका लागि विगतमा गरिएका झिना प्रयासहरुले सार्थक पाउन नसकेका कारण यहाँका नेपालीहरु दिन प्रतिदिन चिन्तित बन्दै गैरहेका छन ।

सोही आवश्यक्तालाई पुरा गर्ने उद्देश्यले पोर्चुगलवासी नेपालीहरु ” पोर्चुगलमा दुतावास स्थापनार्थ सङघर्ष समिती ” गठन गर्दै एक ठाउमा उभिएका छन् ।

सङघर्ष समिती गठन पस्चात पहिलो पटक राजधानी लिस्वनमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त सङघर्ष समितिले आगामी दिनमा गर्ने सङघर्षका कार्यक्रमहरुका बारे जानकारी गराइएको थियो ।

लिस्वन स्थित एभरेस्ट स्पोर्ट्स क्याफेको सभा हलमा आयोजित उक्त पत्रकार सम्मेलनमा गैरावासिय नेपाली सङघ अन्तर्राष्ट्रिय समान्व्य परिषद सदस्य,गैर आवसिय नेपाली सङघ पोर्चुगलका पुर्वअध्य्क्ष तथा पोर्चुगलका लागि  मानार्थ नेपाली पर्यटन दुत रमेश कुमार गुरुङको अध्य्क्षतामा सम्पन्न उक्त कार्यक्रममा सङघर्ष समितिका तर्फबाट सचिवालयका सदस्य सचिव रोबर्ट लिम्बुद्वारा समितिले गर्ने आगामी कार्यक्रमका वारे जानकारी गराइएको थियो ।

कार्यक्रममा लिस्वनका लागी नेपाली अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल्, गैर आवासिय नेपाली सङघ पोर्चुगलका अध्य्क्ष भिम केसी कमल्,आदिवासी जनजाती महासङ्घ पोर्चुगलका अध्य्क्ष नर भुपाल राई,नेपाली नारी समाज पोर्चुगलकि अध्य्क्ष सीत वराल्, जनसम्पर्क समिती पोर्चुगलका प्रतीनिधी हेमन्त सेढाई, नेपाली जनप्रगतिशिल मन्च पोर्चुगलका उपाध्य्क्ष डोलराज भन्डारी ,नेपाली प्रवासी मन्छ पोर्चुगलका अध्य्क्ष गोबिन्द पौड्याल्, नेपाली सङ्हिय समाजवादी फोरम पोर्चुगलका अध्य्क्ष गणेश लिम्बु, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलका सन्योजक धन राज शेर्पा लगायत पोर्चुगलमा कृयाशिल अन्य सङघ सस्थाका प्रतीनिधिहरुको उपस्थित रहेको थियो ।

सङघर्ष समितिले पहिलो चारण अन्तर्गत सामुहिक हस्ताक्षर कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाइने जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सङ्हर्ष समितीले अगाडी सारेका कार्यक्रमहरुमा सामुहिक रुपमा सस्था गत तथा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्दता जाहेर गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*