बेल्जियमको अन्त्वेर्पेंन शहर नेपालमय बन्दै

ईयुनेपाल प्रतिनिधि 

काजाब्लान्का क्यासेल्लो बेल्जियम , जुलाई ७ ।

बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली दुतावास ब्रसेल्सको संरक्षकत्वमा गैह्र आबासीयनेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको आयोजना र बेल्जियम स्थित संपूर्ण संघ- सस्थाहरुको सहयोगमा बिगत बर्षहरू देखी नेपालको पर्यटन प्रबर्धन र उत्पादनको प्रचार प्रसार गर्ने हेतुले गर्दै आएको नेपाल फेस्टिबल कार्यक्रम यस बर्ष  १५ जुलाई २०१७ का दिन अन्त्वेर्पेंनको प्रमुख स्थान  ग्रुनप्लाज़ा ,होटल हील्टनको ठीक अगाडी संपन्न  गर्न गईरहेको जानकारी गराएकोछ ।

“नेपाली कला सस्कृतीको सरक्षण गरौ , नेपाल महोत्सबमा सहभागी बनौ”  भन्ने मूल नाराका  साथ् आयोजना गर्न लागिएको सो नेपाल महोत्सब २०१७ अन्त्वेरपेन मा नेपालीखानाका परिकारहरू ,नेपाली उत्पादन ,नेपालबारे सुचना र नेपालीको पहिचान झल्कने स्टलहरू राखेर यूरोपियन नागरिकहरूलाई अबगत गराउदै नेपाल -नेपाली कला -सस्कृति हेर्न र घुम्न आकर्षित गरि पर्यटन प्रबर्धन गर्ने ध्धेय आयोजकको रहेकोछ।

“नेपालको यात्रा नूतन अनुभब ,रहन-सहन ,कला-सस्कृति ,परम्परा,नेपाली संगीत र स्वादको लागि”  भन्ने अर्को नारा आयोजकले प्रस्तुत गरेको छ । आयोजक एन आर एन बेल्जीयमका अध्यक्ष गंगाधर गौतम भन्छन  “यो हामी बसेको ठाउका नेपालीहरूको प्रयत्न हो नेपाली पर्यटन प्रबर्धनमा थोरै भएपनि योगदान गर्न सकेमा नेपाली अर्थतन्त्रमै टेवा पुग्ने कुरालाई मध्यनजर राख्नु पर्दछ आउनु होस सबै मिलेर महोत्सबलाई सफल पारौ |”

त्यसैगरी नेपाली दुताबास ब्रसेल्स,गैर आबासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जीयमका महासचिब तथा हाल अध्यक्षका प्रत्यासी लोक प्रशाद दाहाल ,ब्यबशायी संघ बेल्जीयम अध्यक्ष सि पी भट्ट, मानार्थ पर्यटनदूतहरू बिनोद नेउपाने , शिव कुमार बरुवाल, रबिन्द्रमान श्रेष्ठ , एनआरएन उपाध्यक्ष पदम गुरुङ्ग,महोत्सब तयारी समिती सयोजक कृष्ण पौडेल लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले  सबैलाई आ-        आफ्नो तर्फबाट सहयोग गर्दै सहभागी हुन ब्यापक अनुरोध गरेको छ ।

   कार्यक्रम स्थल : Groen plaats 2000 Antwerpen Belgium

   समय:  बिहान १० .०० बजे देखि  बेलुकी २०.०० बजे सम्म ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*