धरान फुटबल क्लव पोर्चुगलले उपाधि चुम्यो

वाई वि तमू

लिस्बोन पोर्चुगल, मे ३१ ।

राजधानी लिस्वनमा आयोजित “चौँथो सेभेन ए साईड समर फुटवल प्रतियोगिता – २०१७ “को उपाधि धरान फुटबल क्लव पोर्चुगलले जितेको छ ।

तमू समाज पोर्चुगलले विगत चार वर्ष देखि लगातार आयोजना गर्दै आएको उक्त सेभेन ए साईड फुटबल प्रतियोगिताको यो चौथो सँस्करण हो ।

पोर्चुगलमा रहेका नेपाली खेलाडीहरुलाई खेलमार्फत “अनुशासन,कर्तव्यबोध र सामाजिक सदभाव कायम राख्ने” उद्देश्य स्वरुप आयोजित उक्त फुटबल प्रतियोगितामा कूल १५ टिमहरुले सहभागी जनाएका थिए ।
राजधानी लिस्वन स्थित रहेको भिक्टोरिया फुटवल स्टेडियममा भएको उक्त खेलको अन्तिम फाईनलमा जम्वुजेरा फुटवल टिम लाई पछि पार्दै धरान फुटवल क्लव,पोर्चुगलले पहिलो उपाधि जितेको थियो ।

नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त खेलको अन्तिम फाईनल निक्कै रोचक भएको थियो भने पहिलो हुने टिम धरान फुटवल क्लवले पदक,मेडल र प्रमाण पत्र सहित ५०१ युरो नगद पुरस्कार जितेको छ भने दोस्रो स्थान हाशिल गर्ने जम्बुजेरा फुटवल टिमले पदक,मेडल, प्रमाण पत्र सहित ३०१ युरो नगद पुरस्कार जितेको छ ।
पोर्चुगलका लागि मानार्थ नेपाली पर्यटनदुत रमेश कुमार गुरुङ तथा गैह्र आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल, आदिवासी जनजाती महासंघ पोर्चुगलका अध्यक्ष नरभुपाल राई र तमू समाज पोर्चुगलका अध्यक्ष,राज कुमार गुरुङ द्वारा संयुक्त रुपमा खेलाडिहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

सबै तस्बिरहरू : गणेश पाण्डे – भ्वाईस अफ नेपाल टिभी र सुमन वाईबा , पोर्चुगल ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*