फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिष्पर्धा

# राम चन्द्र भण्डारी

फ्रान्समा यहि जुन ११ र १८ तारिकका दिन दुइ चरण गरेर प्रतिनिधि सभाको चुनाब हुदैछ | यसका लागि ५७७ निर्वाचन क्षेत्रबाट जम्मा 7882 जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र 7882 जना बैकल्पिक प्रतिनिधि सभा सदस्य उम्मेदवार चुनाबी मैदानमा छन् | कुल ५७७ निर्वाचन क्षेत्र मध्ये ५३९ क्षेत्र फ्रान्सको मुख्य भुमि ( हेक्जागोन ) मा र २७ क्षेत्र समुद्रपार रहेका फ्रान्सका जिल्लाहरुमा पर्दछन | बाकि ११ क्षेत्रको लागि विश्वका सबै देशहरुलाइ ११ भागमा बाडिएको छ |

अत बिदेसमा बस्ने फ्रेन्च नागरिकहरुको प्रतिनिधित्व त्यी ११ जना संसदहरुले गर्दछन | त्यस मध्ये नेपाल बैदेसिक निर्वाचन क्षेत्र नम्बर 11 मा पर्दछ | नेपाल लगायतका ४९ देशहरु मिलाएर यो क्षेत्र बनाइएको छ | हरेक निर्वाचन क्षेत्रबाट एकजना प्रतिनिधि सभा सदस्य र एक जना बैकल्पिक प्रतिनिधि सभा सदस्य गरि २ जना निर्वाचित हुन्छन | उक्त प्रतिनिधि सभा सदस्य मन्त्रि बनेमा, कुनै संसदीय समितिको सदस्य बनेमा, यस्तै अन्य कुनै पनि प्रकारको जिम्मेवारी पाएमा वा उसको मृत्यु भएको अबश्थामा बैकल्पिक प्रतिनिधि सभा सदस्यले प्रतिनिधि सभा सदस्यको जिम्मेवारी पुरा गर्ने अवसर पाउछ| तर राजिनामा दिएको अवश्थामा भने अर्को उप निर्वाचन हुने व्यवस्था छ|

पहिलो चरणको निर्वाचनमा ५७७ स्थान मध्येबाट समाजवादी पार्टीले ४१४ , रेपब्लिकन पार्टीले ४८०, नयाँ सक्तिले ४६१, कट्टर वामपन्थी पार्टी ( ला फ्रस आसुमि ) ले ५५६, मध्यपन्थी पार्टी (मोडेम)ले ७६, कट्टर दक्षिणपन्थी पार्टीले ५७१ स्थानमा र स्वतन्त्रले १४१८ स्थानमा प्रतिस्प्रर्धा गर्दै छन | बाँकी ३९७५ / ३९७५ जना बिभिन्न अन्य साना पार्टीहरुबाट बिभिन्न निर्वाचन क्षेत्रहरुमा प्रतिस्प्रधा गर्दै छन | नयाँ सक्तिले मध्य पन्थी पार्टिसग चुनाबी एकता गरेको छ भने आफ्नो बिचार सग नजिक रहेका अन्य पार्टिका तथा स्वतन्त्र उम्मेदवार उठेको क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छैन |

यसपटक एउटा नौलो कुरा के छ भने राष्ट्रपतिको पार्टी नयाँ सक्तिले नया तरिका द्वारा उम्मेदवारीको छनौट गर्यो | उसले जम्मा 577 जना उम्मेदवारी छनोट गर्नाका लागि गत ४ महिना अगाडी देखि आबेदन माग गरेको थियो | १९००० जनाको आबेदन परेकोमा त्यी मध्ये 537 जना उम्मेदवार छनौट गरिएको हो | यसमा 76 जना चुनाबी तालमेल गरेको पार्टी मोडेमका सदस्य परेका छन् भने बाकि सबै बिभिन्न बिचार समुहबाट राष्ट्रपतिको कार्यक्रममा एेक्यबद्दता जनाउन आएका ब्याक्तीहरु छन | करिब ५ प्रतिसत मात्र पूर्व साम्सदहरु रहेको यो समुहमा अधिकाम्स नागरिक समाजबाट आएका नयाँ अनुहारहरु छन |

११ तारिकमा हुने पहिलो चरणको निर्वाचनमा सम्बन्धित क्षेत्रका सबै उम्मेदवार बीच प्रतिष्प्रधा हुनेछ | यदि ति मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले मतदाता नामावलीमा दर्ता भएका जम्मा मतदाता संख्याको २५% वा सो भन्दा बढी मत प्राप्त गरेमा उक्त उम्मेदवार पहिलो चरणमा नै बिजय घोषित हुन्छ | यदि कुनै पनि उम्मेदवारले सो २५% मत प्राप्त गर्न नसकेमा कम्तिमा मतदाता नामावलीमा दर्ता भएका जम्मा मतदाता संख्याको १२% मत प्राप्त गरेका उम्मेदवारहरु बीच जुन १८ मा दोस्रो चरणको निर्वाचन हुनेछ |

राष्ट्रपतिले सरकार गठन गर्ने र उक्त सरकारले राष्ट्रपतिका कार्यक्रमहरु लागु गर्ने संबैधानिक व्यवस्था भए पनि त्यो सरकारले अघि सरेका योजनाहरु संसदबाट अनुमोदन हुनु जरुरि हुन्छ | यसैले सामान्यतया यसअघि राष्ट्रपतिलाइ आफ्ना कार्यक्रमहरु लागु गर्न सजिलो होस् भन्ने मनसायले जनताहरु राष्ट्रपतिको पार्टीलाई संसदमा बहुमत दिने गरेको इतिहास छ | तर यस पटकको राजनीतिक सक्ति सन्तुलन पहिला भन्दा बिल्कुल फरक छ | पहिले केवल दुइ पार्टी बीच कडा प्रतिस्प्रधा हुने गरेकोमा यो पटक पाच पार्टी बिच प्रतिष्पर्धा हुने सम्भावना देखिन्छ | यस अघिका सत्ता पक्ष ( समाजवादी पार्टी ) र प्रमुख प्रतिपक्षी पार्टी ( रेपुब्लिक ) मध्ये नया पार्टीको उदयले समाजवादी पार्टीको केहि कमजोर स्थिति देखिएपनि दोस्रो चरणको चुनाबमा समाजवादी पार्टीको निर्णायक भूमिका हुन सक्छ |

अति दक्षिणपन्थी पार्टीले पहिले चरणमा धेरै स्थानहरुमा अगाडी रहेपनि दोस्रो चरणमा अन्य पार्टीको गठबन्धनको कारण प्रमुख प्रतिपक्ष बन्न सक्ने स्थिति देखिदैन | भर्खरै भएको रास्ट्रपतिको चुनाबमा अप्रत्यासित रुपमा अति सम्मानजनक मत प्राप्त गरेको पार्टी फ्रस आसुमिले पनि यस अघिको भन्दा आफ्नो संसद संख्या ब्रिदी गर्ने कुरा निश्चित छ | एक वर्ष अघि मात्र स्थापना भएरपनि रास्ट्रपतिको चुनाब जितिसकेको नया पार्टीले संसदमा बहुमत प्राप्त गर्ने दाबि गरिरहेको छ | यसरि दुइ ध्रुबमा विभाजन हुने साम्सदहरुको ठुलो संख्या पाचवटा ध्रुबमा विभाजन हुन् पुग्दा संसदमा कुनै एक पार्टीको बहुमत हुने कुरा मुस्किल देखिन्छ |

@ पेरिस, फ्रान्स

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*