राजनीतिक रुपले मुलुक सङ्कटको अवस्थामा – अध्यक्ष यादव

 

विराटनगर, ९ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक रुपले मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।

विराटनगरमा आज सङ्घीय समाजवादी फोरम नेपाल मोरङको प्रथम एकता अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख तीन दलको गलत विचार र चिन्तनका कारण मुलुकको अवस्था बिग्रँदै गइरहेको आरोप लगाउनुभयो ।

मुलुकको आर्थिक अवस्था पनि जर्जर भएको चर्चा गर्दै उहाँले सामाजिक सद्भाव तोड्ने प्रयाससमेत भइरहेको चिन्ता व्यक्त गर्नुभयो ।

यो संविधान केहीको हितमा मात्र रहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष यादवले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजाति र खसको अधिकारलाई संविधानमा सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

सो पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ नेता अशोक राई र युवराज कार्कीले जनताको अधिकारका लागि अन्तिम समयसम्म सङ्घर्ष जारी रहने उद्घोष गर्नुभयो ।

तमलोपा मोरङका अध्यक्ष मोहम्मद कादिरलगायतका नेताले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।

मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी र खस एकता समाजवादी पार्टी मिलेर सङ्घीय समाजवादी फोरम नेपाल पार्टीको स्थापना भएको छ । सो पार्टीले मोरङबाट एकताको अधिवेशन शुभारम्भ गरेको हो । रासस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*