म सधै नेपाल र नेपालीको सच्चा साथी हु : बप्‍पी लहरी

ईयुनेपाल प्रतिनिधि
एटलान्टा अमेरिका, मे २२ ।


अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहरी (डिस्को किङ्ग)ले आफू नेपाल र नेपालीलाई माया गर्ने व्यक्ति भएको बताए । एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानीद्वारा आयोजित कार्यक्रममा सहभागी भएका उनले भने “म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हु ।’ उनले आफू नेपालको लागि अवैतनिक राजदूत पनि भएको बताउँदै यदि नेपाल र नेपालीले सम्झेको खण्डमा जतिबेला पनि आउने प्रतिपबद्धता व्यक्त गरेका छन् ।

एटलान्टामा भएको उक्त कार्यक्रममा नेपाल र नेपालीहरुको तर्फबाट पर्यटनदुत राजा घलेद्वारा मायाको चिनो हस्तान्तरण हुँँदा आश्चर्य चकित हुनुको साथै हर्षित बने । कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए । यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फबाट पर्यटनदुत राजा घलेद्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहिरिलाई प्रदान गरेका थिए ।


कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो । गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा भएको सो कार्यक्रम साझको ९ बजे बाट सुरु भई रातको १२ बजे समापन भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*