गैर आवासीय नेपाली संघ म्याड्रिडमा उत्तर राई विजयी

देव खिम्दुङ
म्याड्रिड स्पेन, मे १५ ।

गैर आवासीय नेपाली संघ म्याड्रिडको अध्यक्ष पदमा उत्तर कुमार राई विजयी भएका छन् ।

स्पेनको राजधानी म्याड्रीडमा गैरआवासीय नेपाली संघ म्याड्रीडको अधिवेशनबाट उनी चौथो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

त्यस्तै बाकिँ पदमा प्रस्तावित क्षेत्रिय संयोजक पदमा केन्द्रिय सचिवमा जीवन प्रसाईं तथा गैरआवासीय नेपाली संघ म्याड्रीड तर्फ क्रमश : उपाध्यक्षमा मेघनाथ ढकाल, कोषाध्यक्षमा गोपालराज शिल्पकार, सचिवमा प्रेम राज घिमिरे(प्रबेश), सहसचिवमा जानु गुरुङ, सदस्यहरुः सिसम गुरुङ, मुना बम्जन निर्वाचित भएका छन् । म्याड्रीडबासिहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित नव-निर्वाचित गैरआवासीय नेपाली संघ म्याड्रीडका अध्यक्ष उत्तर कुमार राईले आफुलाई महत्त्वपूर्ण पदमा ठुलो जिम्मेवारी दिई हौसला प्रदान गरेकोमा उपस्थित सबैमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ म्याड्रीडको बारेमा प्रकाश पार्दै राईले राजनैतिक, जातिय तथा क्षेत्रिय संस्थाहरुबाट टाढै रहेर सारा म्याड्रीडबासी नेपालीहरु यही गैरआवासीय नेपाली संघ म्याड्रीड भित्र अटाउनु पर्छ भन्ने आग्रहका साथ आगमी दिनहरुमा सबैको सल्लाह अनि सहयोगको ठुलो अपेक्षा रहेको पनि बताए ।

त्यस्तै गरेर नव-निर्वाचित एनआरएनए स्पेन सचिव जिबन प्रसाईले पनि उपस्थित सबैलाई धन्यबाद दिदै म्याड्रीडबासी सबै नेपालीहरु एक जुट हुन आग्रह गरे । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पहिलो भेलाले बाकिँ सदस्यहरु थप गरी कार्यसमिति बिस्तार गर्ने जानकारी गराए ।

अधिवेशनमा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरी तथा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष मुक्त गुरुङको उपस्थिती पनि रहेको थियो भने गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष रोशन पाठकले नवनिर्वाचित अध्यक्ष उत्तर कुमार राईलाई संघको सम्पूर्ण आय-व्ययका विवरण तथा आवश्यक विभिन्न कागजातहरु हस्तान्तरण गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*