बेल्जियममा २५६१ औ बुद्ध जयन्ति भब्यताका साथ मनाईयो

राम लामा
हुई बेल्जियम, मे ११ ।

बेल्जियम स्थित हुई गुम्बामा १० मे २०१७ बुधबार शेर्पा किदुङ बेल्जियम, तमु समाज,तामाङ समाज र विश्व मगर संङको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६१ औ जन्म जयन्ति लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि अनुरुप पुजापाठ गरि भब्यताका साथ सम्पन्न गरियो।

कार्यक्रममा गुरुहरुबाट मन्त्रोच्चारण पश्चात
लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि मानब लगायत सम्पुर्ण प्राणीको शान्तिको कामनाका साथ पोस्तक (छोई) बोकेर गुम्बा परिक्रमा गरि आत्मा शुध्दिकरण गरियो। महामहिम राजदुत लोक बाहादुर थापाले बिश्वमा ,सम्बृध्दि ,बिकास ,सुख शान्ति प्राप्त गर्नको लागि स्वच्छ मन बचन र कर्मले बुद्धले दिनु भएको बाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्नुभयो भने,संयोजक सोनाम शेर्पाले बिदेशी भूमिमा रहेर पनि नेपालको रीति-रीवाज र परम्परालाई निरन्तरता दिन, बुध्दको प्रचारप्रसार र प्रबर्धन आबस्यक भऐकोले आउँदा वर्षहरूमा पनि यसरी नै सबै नेपालीहरूको आपसी सहयोगबाट बुद्धको जन्म जयन्ति मनाउने प्रतिबद्धता ब्यक्त गरेका छन।
धर्म प्रती आस्थावान नेपालिहरुको समेत बाक्लै उपस्थिति रहेको थियो।

साथै सहभागीहरूलाई खाना र पेय पदार्थ ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्नुहुने सम्पुर्ण मानुभावहरू लगायत संघ संस्थाहरू प्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पुर्ण बेल्जियमबासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद दिन चहान्छौ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*