पोर्चुगलमा २५६१औ बुद्द जयन्ती भब्य रुपमा सम्पन्न

वाई वि तमु
लिस्बन पोर्चुगल ,१० मे २०१७ ।

बुद्द नेपालामा जन्मेका हुन्, बुद्दम शरणम गच्छामि, धम्म्म शरणम गच्छामी ” को नारा सहित राजधानी लिस्वनमा २५६१औ बुद्द जयन्ती भब्य रुपमा मनाईयो ।


पोर्चुगलका लागि मानार्थ पर्यटनदुत रमेश कुमार गुरुङ

पोर्चुगलमा कृयाशिल बिभिन्न सङघ सस्थाका प्रतीनिधी तथा नेपाली तथा विदेसी समुदायहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमको बौद्द लामा गुरुहरुद्वारा विशेष शान्ती पुजा सहित बुद्दको मुर्ती र बिभिन्न प्लेकार्ड सहित शहर परिक्रमा गरी मनाइएको थियो ।

नेपाली बाणिज्य दुतको कार्यालय लिस्वनको मुख्य आयोजना तथा पोर्चुगलका लागि मानार्थ पर्यटनदुत रमेश कुमार गुरुङको सन्योजक्त्व रहेको उक्त कार्यक्रममा गैर आवासिय नेपाली सङघ् पोर्चुगल्,आदिवासी जनजाती महासङघ्, पोर्चुगल्, लगायत पोर्चुगलमा कृयाशिल सस्थाहरु तमु समाज्, शेर्पा किदुग्,तामाङ समाज्, मोना पोर्चुगल्, मगर समाज्, नेवा पुच्:, अनेसास्,पोर्चुगल आदि लगायतका सङघ सस्थाका प्रतीनिधिहरुले आ-आफ्नो सस्थाको ब्यानर सहित शहर परिक्रमा गरेका थिए ।

शान्ती शोभा र्यालीको अन्त्यमा आयोजक नेपाली अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल द्वारा कार्यक्रममा सहभागी सन्पुर्ण सङघ सस्थाका प्रतीनिधी तथा अन्य नेपाली तथा बिदेसीहरुलाई धन्यवाद दिएका थिए, भने प्रत्यक्ष सहयोग गर्ने बिभिन्न सङघ सस्थाहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई औपचारिक रुपमा मानार्थ पर्यटनदुत रमेश कुमार गुरुङ ,एनआरएन पोर्चुगलका अध्य्क्ष भिम केसी कमल्,आदिवासी जनजाती महासङघका अध्यक्ष नर भुपाल राईले सम्बोधन गरेका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published.


*