News

बौद्ध निबन्धकारहरु पुरस्कृत

December 24, 2016 biswasdip 0

काठमाडौँ, ९ पुस । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँद्वारा २५६० औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आयोजित ‘सुशासनका निम्ति बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई आज यहाँ पुरस्कृत गरियो । उक्त प्रतियोगितामा अशोकानन्द बज्राचार्य प्रथम, गङ्गा गोसाइ द्वितीय र जमुना गोसाइ तृतीय हुनुभएको थियो । पुरस्कारको राशि रु आठ हजार, रु छ हजार >>>

News

कीर्ति राख्नेको इतिहासले मूल्याङ्कन र न्याय गर्नेछ – सभामुख घर्ती

December 24, 2016 biswasdip 0

काठमाडौँ, ९ पुस । सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताको हितमा काम गर्ने जो कसैको पनि इतिहासले मूल्याङ्कन गर्ने धारणा राख्नुभयो । >>>

News

राजनीतिक रुपले मुलुक सङ्कटको अवस्थामा – अध्यक्ष यादव

December 24, 2016 biswasdip 0

  विराटनगर, ९ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक रुपले मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । विराटनगरमा आज सङ्घीय समाजवादी फोरम नेपाल मोरङको प्रथम एकता अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख तीन दलको गलत विचार र चिन्तनका कारण मुलुकको अवस्था बिग्रँदै गइरहेको आरोप लगाउनुभयो । मुलुकको आर्थिक अवस्था पनि जर्जर भएको चर्चा >>>

News

लुभेनमा शनिवार ग्याल्बो लोसार मनाईदै

March 15, 2016 Kejin Rai 0

लुभेन ,बेल्जियम । शेर्पा समाज बेल्जियमले बिगत बर्ष देखि मनाऊदै आई रहेको ग्याल्बो लोसार यस बर्ष नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष आड० दोर्जी लामा शेर्पाको प्रमुख अातिथ्यतामा मनाऊने भएको छ। बिगत बर्षहरूमा जस्तै मनाऊने भएको हुदाँ यस कार्यक्रमको सबै बेल्जियमबासी नेपालीहरूलाई उपस्थितीको लागि शेर्पा समाज बेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ। शेर्पा समाज बेल्जियमले अगाडी भनेको >>>

News

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन सम्पन्न

March 15, 2016 Kejin Rai 0

नेपाल पत्रकार महासंघ बेलायत शाखाको तेश्रो अधिवेशन सम्पन्न रोशन मेवाहाङ लण्डन ,२४ फागुन । नेपाल पत्रकार महासंघ ,बेलायत शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन अघि नै अध्यक्ष पदमा नरेश खपाङ्गी मगर निर्विरोध निर्वाचित भएका थिए भने सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पुर्ण गुरुंग र सहकोषाध्यक्षमा रोशन राई साथै सदस्यहरुमा नृपेश उप्रेती, सुजन पराजुली, >>>

News

नेपाल पत्रकार महासंघ यूरोप शाखाको उम्मेदवारहरु सँग अन्तक्रिया

March 8, 2016 Kejin Rai 0

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) सातौं विश्व सम्मेलन नजिकिदै गर्दा उम्मेदवारी घोषणाको लहर चलेको छ । यो लहरसँगै एनआरएन अभियानबारे विभिन्न देशमा एनआरअन्तक्रिया पनि सञ्चालन भइरहेको छ । यस्तै अन्तक्रिया नेपाल पत्रकार महासंघ यूरोप शाखाले पनि सम्पन्न ग-यो । सातौं अधिवेशनमा उम्मेदवार घोषणा गरेकाहरुसँग नेपाल पत्रकार महासंघ यूरोप शाखाले अन्तक्रिया आयोजना गरेको हो । >>>

News

मधेस समस्या हल गर्न सरकार गम्भीर भएन : यादव

March 8, 2016 biswasdip 0

रौतहट, फागुन २५ । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् । सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे । उनले सरकारसँग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल >>>

News

सशांक महामन्त्री, सीतादेवी कोषाध्यक्ष निर्वाचित

March 8, 2016 biswasdip 0

फाल्गुन २५, २०७२- कांग्रेस महान्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् । दुवै सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका थिए । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । यस्तै, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीलाई हराउँदै सीतादेवी कोषाध्यक्ष निर्वाचित भएकी हुन् >>>

News

पत्रकार महासंघ युरोप शाखाले स्मारिका निकाल्दै

March 7, 2016 Kejin Rai 0

बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोप शाखाले बिनाशकारी भूकम्प जाँदा सहयोग गर्ने संघ सँस्थाहरुको तथ्यगत बिबरणलाई समेटेर स्मारिका प्रकाशित गर्ने भएको छ। यूरोपक्षेत्र अन्तर्गत गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरु, बिभिन्न राजनैतिक,क्षेत्रीय, जातीय,सामाजिक संघसंस्थाहरू, वा ब्यक्तिगत तथा सामुहिक तवरले उठाएको रकमको बितरणलाई समाबेश गर्दै शाखाले स्मारिका प्रकाशित गर्न लागेको हो। बिभिन्न संघ सँस्थाहरुको गरेको सहयोग >>>

No Picture
News

यो निर्वाचन औपचारिकता मात्रै : देउवा

March 7, 2016 Kejin Rai 0

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताउनुभएको छ । सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गर्नुभएको हो । उहाँले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई >>>

1 3 4 5 6